होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ फागुन। २८ औँ महान जनयुद्ध दिवसरको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारत रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ । देश र जनताको परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे बाजुरामा २८ औँ महान जनयुद्ध दिवस मनाइएको छ । अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै दिवसको […]
नागरिक रैबार बाजुरा २९ माघ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको सभापतिमा मेखराज जैशी निर्वाचित भएका छन् । जैशीले ६२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दी रमबहादुर शाहीले ५८ मत पाएर पराजित भएका छन। यसैगरी रेडक्रसकाे मन्त्रीमा टंकप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ६५ मत पाए भने उनका निकटम प्रतिद्धन्दी […]
नागरिक रैबार/बाजुरा २९ माघ ।बडीमालिका नगर स्तरीय तेसो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका नमुना माध्यमिक विद्यालयले उचालेको छ । बडीमालिका नगरपालिकाले आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको उक्त प्रतियोगतामा एथलेटिक्स ४३ स्वणर्, रजत १२ र ८ कास्य गरी कुल ६३ पदक प्राप्त गर्दै मालिका माविले तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो […]
नागरिक रैबार/बाजुरा २९ माघ।जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा गोर्खा वेल्फेयर ट्रष्टको आयोजनामा संचालन गरिएको ३ दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ५ सय बढी विरामीहरुले सेवा लिएका छन् । माघ २६ गते २८ सम्म ३ दिन संचालन गरिएको उक्त शिविरमा आँखा, कान र अपांगता सम्वन्धिका विरामीहरुको निःशुल्क उपचार गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यवाहक […]
नागरिक रैबार/बाजुरा २८ माघ।बडीमालिका नगरपालिका वडा नम्वर ९ मा वडा स्तरीय वाल क्लव गठन गरिएको छ । सागर नेपाली अध्यक्ष रहने गरी २१ सदस्यीय वडा स्तरीय बाल क्लव गठन गरिएको हो । जसमा उपाध्यक्ष नन्दा चंदारा, सचिव पवन बडुवाल, सहसचिव समिरा विक र कोषाध्यक्ष सुस्मिता नेपाली लगायत सदस्यहरु रहेका छन् । नगर स्तरीय बाल क्लवका […]
नागरिक रैबार/बाजुरा २८ माघ। बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका खेलहरु सम्पन्न भएका छन् । माघ २५ गतेबाट मालिका माविको प्राङगणमा संचालन गरिएको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु ४ दिन पछि आज सम्पन्न भएका हुन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि […]
नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त प्रतियोगिता भानोदय माविको प्राङ्गणमा सूरु गरिएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमाले बाजुराका जिल्ला कमिटी सचिव भरत थापाले गरेका हुन् […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टको सरूवा भएको छ ।सहायक प्रजिअ विष्टको बाजुराबाट अध्यागमन कार्यालय विभाग काठमाण्डौंमा सरुवा भएको हो । एक वर्षअघि बाजुराको सहायक सिडियोको रूपमा विष्ट बाजुरामा आएका थिए । बाजुराबाट सरुवा भएका सहायक सिडियो विष्टको आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कासहितको सुरक्षा निकायका […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् । नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक […]
नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको प्रदेश निर्वाचन क्षेत्र (क) का सांसद नरेश कुमार शाही सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री बनेका छन् । नेकपा एकीकृत समाजवादीका नेता शाही काँग्रेस नेतृत्वको सरकारमा आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । त्यस्तै कांग्रेसबाट प्रदेशसभा सदस्य प्रकाश देउवा भौतिक पूर्वाधारमन्त्री बनेका छन् । मन्त्री नियुक्त भएका काँग्रेसका देउवा र […]
नागरिक रैबार/बाजुरा २६ माघ। जिल्लाको खप्तड क्षेडेदह गाउँपालिकामा आजबाट गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरिएको छ । खप्तड क्षेडेदह गाउँपालिकाको आयोजना र मष्टेश्वरी माद्यमिक विद्यालय डोगडीको सह-आयोजनामा उक्त प्रतियोगिता संचालन गरिएको हो । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सवैका लागि खेलकुद भन्ने मुल नाराका साथ यस वर्षको गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला अस्पताल बाजुरामा आजबाट आँखा, कान र अपाङगता सम्वन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । गोर्खा वेल्फेयर ट्रस्ट नेपाल पोखराको आयोजनामा जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा सो शिविर आजबाट संचालन भएको अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुङ (भोटे) ले बताएका छन् । ३ दिन सम्म संचालन […]
नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी सूर्यबहादुर थापाको सरुवा भएको छ । गएको जेठ महिनाको १५ गते बाजुराको डिएसपीको कमाण्ड सम्हाल्न आएका थापाको करिव ९ महिनापछि बाजुराबाट सरुवा भएको हो । थापाको बाजुराबाट नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काज सरुवा भएको हो । थापाको बाजुराबाट सरुवा भएपछि बाजुराको डिएसपीको रुपमा कविन्द्र बोहराले सम्हाल्ने […]
नागरिक रैबार/बाजुरा २५ माघ। बडीमालिका नगरपालिकामा आजबाट राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सूरु हुने भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता आजबाट सूरु हुन् लागेको हो । बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा आजदेखि सो प्रतियोगिता गर्न लागिएको हो ।प्रतियोगिता सदरमुकाम […]
नागरिक रैबार/बाजुरा २४ माघ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ मा रहेको सत्यवादी मावि भौनेरामा अध्ययनरत विपन्न विद्यार्थी र वडाका जेष्ठ नागरिक, एकल महिला, अपाङलाई न्यानो लुगा वितरण गरिएको छ । बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष डम्बर महतको पहल तथा गोदावरी पूर्व विद्यार्थी संघ काठमाण्डौंको सहयोगमा सत्यवादी मावि भौनेरामा अध्ययनरत ३४५ जना विद्याथी, […]
नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ । समृद्धीका लागि सचारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ । स्थापना दिवसको अवसरमा प्रेस […]
नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ । २०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । शिक्षक जोशीले […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ६ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६ कोठे नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । गाउँपालिकाको ४२ लाखको लागतमा निर्माण भएको उक्त भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । भवनको उद्घाटन जगन्नाथ गाउँपालिका वडा नं.६ का पुर्व वडा अध्यक्ष एवं नेकपा एमाले बाजुरा जिल्ला कमिटी […]
नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ । एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् । उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । […]
नागरिक रैबार/बाजुरा १९ माघ। प्रेस चौतारी नेपाल बाजुराले आफ्नो २५ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । मंगलबार बसेको प्रेस चौतारी बाजुराको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाउने निणर्य गरेको हो । प्रेस चौतारी नेपाल बाजुराले स्थापना दिवस यहीँ माघ २२ गते बाजुराको समग्र विकासका लागि जिल्लाका ९ वटै स्थानीय तहका […]