होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ साउन। मार्तडी-गाैमुल जाेड्ने ठुलीसाँघु खोलामा अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा रहेकाे पुरानो पुल ठेकेदारले भत्काएपछि १ महिनादेखि आउजाउमा समस्या हुँदै आएको थियो । बर्षातको समयमा खोलामा पानीको बहाव बढेपछि नागरिकहरुलाई आवतजावतमा समस्या भएको भन्दै बडीमालिका नगरपालिकाको सकृयतामा हाललाई अस्थायी काठेपुल निर्माण गरिएको छ । खोलामा पुल निर्माण कार्य अलपत्र पारेर […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुरामा असारको अन्तिम सम्ममा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत जेठ दोस्रो हप्तादेखि सुरु भएको धान रोपाइँ अहिले सम्म जम्मा ८४ प्रतिशत सम्पन्न भएको हो । लामो समयसम्म परेको खडेरीका कारण असार अन्तिम सम्म जिल्लाका ९ वटै स्थानीय तहमा करिव ८४ प्रतिशत धान रोपाइँ सम्पन्न गरिएको भएको कृषि ज्ञान […]
प्रमित विक–बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमा क्षेत्रमा पर्ने वीरेखोला झरनामा लाइभ देउडा हुने भएको छ । केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको वीरेखोला झरनाको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि लाइभ देउडा कार्यक्रम सञ्चालन गरिने भएको हो । साउने सक्रान्तिको अवसर पारी भोली साउन १ गते विहीबार वीरेखोला झरनामा देउडीया विस्ना विष्ट र पुने […]
नागरिक रैबार/बाजुरा ३२ असार। बाजुरामा यो वर्ष मुद्धा दर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको । गत आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा दर्ताको संख्या बढी भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । यो वर्ष १ सय ११ वटा मुद्दा दर्ता भएको जिल्ला न्यायधिस सन्जिव पोखरेलले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । गएको वर्षको तुलनामा […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराकाे गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । बाेहराकाे मंगलबार विहान घर नजिकैको बागेडाेरा भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानीय देबेन्द्र धामीले बताएका छन् । बाेहरा लामो समयसम्म घर नफर्किएपछि खोजी […]
नागरिक रैबार/बाजुरा ३१ असार।स्थानीय उत्पादनमा आधारित विदालय दिवा खाजा कार्यक्रम बाजुराबाट बाहिरिएको छ । गिप्ट नेपाल र मर्सिकोर नेपालको आर्थिक सहयोगमा बाजुरा जिल्लाका ९ वटै स्थानीय तहमा संचालन भईरहेको उक्त कार्यक्रम जिल्लाबाट बाहिरिएको हो । मंगलबार सदरमुकाम मार्तडीमा गिप्ट नेपालले परियोजनाको जिल्ला स्तरीय सरोकारवाला नियकायसंगको समिक्षा कार्यक्रम एक औपचारिक कार्यक्रमको आयोजना गरेर सो परियोजना सकिएको […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]
नागरिक रैबार/ बाजुरा ३१ असार। बाजुराका बुढीनन्दा नगरपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र गौमुल गाउँपालिकाले करार कर्मचारीलाई साउन १ गतेबाट हाजिर नगर्न आग्रह गरेको छ । आइतवार तिन वटै पालिकाकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा कार्यरत करार सेवाका कर्मचारीलाई हाँजिर नगर्न आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा […]
नागरिक रैबार/बाजुरा ३० असार। बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रमहरु सार्वजनिक सुनुवाइ गर्दै सम्पन्न गरेको हो । नगरपालिकाले आव २०८१/८२ का लागि ५० करोड ३८ लाख २६ हजार ५ सय ५२ रकम अनुमानित बजेट ल्याएको थियो । जस मध्ये ३९ करोड […]
नागरिक रैबार/बाजुरा ३० असार। बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा सोही नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले […]
सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ । सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण […]
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने बुधवार अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सार्वजनिक निकायलाई निषेध गरेका कारण चालु वर्षमा भएका अत्यावश्यक बाहेकका खर्चको भुक्तानी बुधबारभित्र दिइसक्नुपर्छ । मंगलबारसम्म सरकारले ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि सरकारले […]
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्। यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । […]
राजेन्द्र विक बाजुरा,२३ असार। बाजुराको सदरमुकाम मार्तडी नजिकै तुफानडांडामा जिप र अटो एक आपसमा ठोक्किँदा एक महिला घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, से१ ज ६०९ नम्बरको जिप मार्तडीबाट कारागार तर्फ जाँदै गर्दा विपरीत दिशाबाट आएको बडिमालिका नगरपालिका वडा नम्बर-४ ओलेनाका अन्दाजी ३३बर्षिय पदम नाथले चलाएको सु.प.प्र.०१००१ह६४०४नम्बरको अटो एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।स्पेन भ्रमणबारे जानकारी दिने उद्देश्यले प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्न लागेका हुन् । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर प्रधानमन्क्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । एक साता लामो स्पेन बसाइको क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षीसहित संयुक्त राष्ट्रसंघका महासचिव […]
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा […]
नागरिक रैबार/ बाजुरा २१ असार। बाजुराकाे बुढीनन्दा नगरपालिकामा पुलबाट लडेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–१ पारतोलाका गणेश भण्डारीका १२ वर्षीय छाेरा विशाल भण्डारी रहेका छन् । जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौर र भारती काैसाडीको सीमानामा रहेको बड्डीगाडको बेलिब्रिजबाट उनी लडेका हुन। पुलबाट लडेर घाइते भएका भण्डारीलाई उपचारका लागि कोल्टी अस्पताल उपचारका लागि […]
नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ । नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र […]
नागरिक रैबार/बाजुरा १९ असार।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका मुख्य ठाउँमा सिसि क्यामरा जडान गरेको छ । बजार क्षेत्रमा हुने विभिन्न किसिमका अपराधिक घटना, अनैतिक क्रियाकलाप र चोरी डकैति जस्ता क्रियाकलापहरुलाई नियन्त्रण र निगरानी गर्नका लागि सिसि क्यामरा जडान गरिएको नगरप्रमुख अमरबहादुर खड्काले बताएका छन् । मार्तडी बजार क्षेत्रको शान्ति सुरक्षा बलियो बनाई यस क्षेत्रलाई […]