होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • जिल्ला अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सूरु
बडीमालिका

जिल्ला अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सूरु

  • नागरिक रैबार
जिल्ला अस्पतालमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सूरु

नागरिक रैबार/बाजुरा २६ माघ।जिल्ला अस्पताल बाजुरामा आजबाट आँखा, कान र अपाङगता सम्वन्धि ३ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

गोर्खा वेल्फेयर ट्रस्ट नेपाल पोखराको आयोजनामा जिल्ला अस्पताल बाजुरा र बडीमालिका नगरपालिकाको समन्वयमा सो शिविर आजबाट संचालन भएको अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुङ (भोटे) ले बताएका छन् ।

३ दिन सम्म संचालन हुने शिविरमा अपाङगता नापजाँच, कतिम अङग तथा सहायक सामाग्री वितरण, आँखाको जाँच तथा मोतिया विन्दु अप्रेशन, कानको जाँच, निःशुल्क श्रवण यन्त्र वितरण तथा अप्रेशन गर्नुका साथै निःशुल्क औषधि वितरण गरिने गोर्खा वेल्फेयर ट्रष्टका जया लिम्बुले बताएका छन ।

विज्ञापन

May be an image of 9 people, people sitting, people walking, people standing, road and tree

शिविरको आज विहान एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले रिवन काटेर उद्धघाट्न गरेका छन् ।

May be an image of 8 people, people standing and outdoors

शिविर उद्धघाट्न कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का, डिएसपी कविन्द्रसिंह बोहरा, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रेरित देवकोटा, जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष दावा गुरुगं लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

May be an image of 9 people, people sitting, people standing, tree and mountain

शिविरमा यस अघि पालिकाहरुमा राखिएको पालिका स्तरीय शिविरमा छनोट भएकाहरुको उपचार गरिने छ भने यस अघि छुटेका विरामीहरुलाई समेत उपचार गरिने आयोजकले बताएको छ । शिविरमा स्वंयसेवकको भुमिका बडीमालिका नगरपालिका ९ मा रहेको समाज सुधार युवा क्लवले गरिरहेको छ ।

May be an image of 14 people, people standing and outdoors

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार