होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ चैत्र । हावाहुरीका कारण बुढीगंगा नगरपालिका-१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्टसहित जिल्लाका विभिन्न ठाउँमा क्षेती पुगेको छ । शनिबार दिउसो १ बजे तिर चलेको हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ […]
मदन विक/बाजुरा ७ चैत्र।बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ का कल्चु सार्की उपचार गर्ने खर्च नहुँदा जिल्ला अस्पताल बाजुराको बेडमा छट्पटाई रहेका छन् । एक हप्ता देखि जिल्ला अस्पतालमा उपचार गराईरहेका सार्कीसंग अस्पतालले रिफर गरेको ठाउँमा जान गाडी भाडा समेत समेत छैन् । जन्मजात शारिरीक रुपमा अशक्त रहेका उनको गएको मंसिरमा बाँकेको कोहलपुरमा ह्वील चियरमा […]
काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको […]
नागरिक रैबार/ बाजुरा १ चैत । बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेल सवार गाडीमाथि ढुंगा प्रहार भएकाे छ । बुधबार राति सवा ९ बजेतिर खप्तड छेडेदह गाउँपालिकाका ग्रामिण क्षेत्रकाे अनुगमन गरि सदरमुकाम मार्तडी फर्किने क्रममा बुढीगंगा नगरपालिका २ काे बल्दे बजार नजिकै प्रजिअ पाैडेल चढेको गाडीमा २ जना युवाले ढुंगा प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय […]
मलेखु । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए। […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि वामपन्थी एकताको नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रधानमन्त्रीले हिजोको गल्ती स्वीकार गर्दै फेरि वामपन्थी एकता गर्ने बिन्दुमा आइपुगेको ब्रिफिङ गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका सचिव देवेन्द्र पौडेलले नेपालमा फेरि अर्को पटक वामपन्थीहरूको […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार […]
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रतियोगिता २०८१ वैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गर्नेलगायत निर्णय पनि गरेको छ। […]
काठमाडौं । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेनेछ ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार पनि मौसममा आंशिक बदली जारी […]
जाजरकोट : भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिमका प्रभावित पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।यसैबीच सोमबार दिउँसो सदरमुकाम खलंगामा बसेको जिल्ला विपद् न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले जाजरकोटलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी पुनर्निर्माणका काम […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुरा जिल्ला अदालतको गाडी डोटीमा दुर्घटना भएको छ । शुक्रबार बिहान ११ बजे बाजुराबाट दिपायल जादैँ गरेको जिल्ला अदालतको गाडी शिलगढी नगरपालिका- ६ नाचनथलीको मोड नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार गाडी चालक दिपकराज पाण्डेयले चलाएकाे अदालतको बा १ झ ८१८४ नं. को गाडी […]
नागरिक रैबार/ बाजुरा २ माघ। भुकम्प सुरक्षा दिवस बाजुरामा पनि विबिध कार्यक्रम गरि मनाइएको छ । “स्थानिय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । मंगलबार जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा भुकम्प सम्बन्धी डेमो प्रर्दशन गरि भुकम्प दिवस मनाईएको जिल्ला विपद ब्यबस्थापन समितिका […]
काठमाडौँ । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व सोमबार देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । ती ठाउँमा विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर […]
राजेन्द्र विक बाजुरा,२१पुष/नागरिक रैबार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र बाजुराले जिल्ला बाट प्रतिनिधित्व हुने गरि जनयुद्धको घाइते तथा अपांङ्ग योद्धा संजय कटेल लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सदस्य समेत रहेका कटेललाई जिल्ला समन्वय समितिको बैठकले सर्वसम्म्त सिफारिस गरेको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सचिवालय […]
राजेन्द्र बहादुर रोकाया । चुलो चौकोमा मात्रै सिमित महिला सामाजिक कार्यत्रमा शक्रिय देखिएका छन् । समाजमा हुने प्राय काममा महिलाको शक्रियता लोभलाग्दो देखिन्छ । समाजका सार्वजनिक कार्यमा पुरुष भन्दा बढी महिलाको सहभागिता देखिन्छ । गाउँघरका गोरेटो, बाटो, खानेपानीका धारा लगायत निमार्ण कार्यमा गाउँका महिला शक्रिय भएका हुन् । जिल्लको बुढीनन्दा नगरपालिका संगको सहकार्यमा सहकर्मी समाज […]
राजेन्द्र विक बाजुरा,१३पुष नागरिक रैबार/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको ४ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा भएको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रमको प्रमुख अतिथी स्थायी समिती सदस्य तथा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट […]
नागरिक रैबार/बाजुरा ११ पुस । बाजुराकाे जगन्नाथ गाउँपालिकामा आजबाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]
काठमाडौं महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट गरिएको मागलाई संवोधन गर्ने गरि महानगरले एम्बुलेन्स सहयोग गर्ने लिखित पत्र समेत पठाएको छ । खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । […]
नागरिक रैबार/बाजुरा ३ पु्स । बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको […]