होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका सहायक सिडियो विष्टको सरूवा
समाचार

बाजुराका सहायक सिडियो विष्टको सरूवा

  • नागरिक रैबार
बाजुराका सहायक सिडियो विष्टको सरूवा

नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टको सरूवा भएको छ ।सहायक प्रजिअ विष्टको बाजुराबाट अध्यागमन कार्यालय विभाग काठमाण्डौंमा सरुवा भएको हो । एक वर्षअघि बाजुराको सहायक सिडियोको रूपमा विष्ट बाजुरामा आएका थिए ।

बाजुराबाट सरुवा भएका सहायक सिडियो विष्टको आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कासहितको सुरक्षा निकायका प्रमुखहरुले एक औपचारिक कार्यक्रमका विच विदाई गरेको हो ।

May be an image of 4 people, people standing, people sitting and indoor

विज्ञापन

सहायक प्रजिअ विष्टले बाजुरामा हुँदा यहाँको प्रशासनिक क्षेत्रलाई चुस्त दुरुस्त राख्न महत्वपूणर् भुमिका खेलेका थिए ।त्यस्तै उहाँले बाजुराका प्रमुख मार्तडी, कोल्टी र बाम्का क्षेत्रका ठुला बजारहरूमा हुने कालोबजारि, महंगी नियन्त्रण र जिल्लामा संचालन हुने सवारी साधानको व्यवस्थापन र भाडादर कार्यान्वयन गर्न निरन्तर लागेका थिए ।

सहायक सिडियो विष्टको सरूवा पछि बाजुरामा अर्को सहायक सिडियो को आउने भन्ने अहिले एकिन नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले बताएको छ ।

बाजुराबाट विदाई पछि सहायक प्रजिअ विष्टले बाजुरा बसाई निकै स्मरणीय र उपलब्धीमुलक रहेको बताएका छन् । उनले बाजुुरामा कार्यरत हुँदा जीवनोपयोगी सीप सिक्ने अवसर समेत प्राप्त गरेको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार