होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी अहिलेको अवस्थाबाट अघि बढ्न नसक्ने निष्कर्षमा आफूहरू पुगेकोले पुनर्गठन गरेर जाने बताएका छन्। पार्टीले सुरू गरेको दुई दिने कार्यशाला उद्घाटन कार्यक्रममा आज बोल्दै पौडेलले एमाले यही रूपमा र यस्तै ढंगले सञ्चालन हुन नसक्ने पनि बताए। पौडेलले यस्तो कुरा राख्दा मञ्चमा अध्यक्ष केपी शर्मा ओली पनि थिए। ‘हाम्रो पार्टी यही […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने धारणामा सहमत रहेको बताएका छन्। बुधबार नयाँ दिल्लीमा भेटेपछि विकास कूटनीतिको नयाँ युगतर्फ अग्रसर हुने मोदीको धारणामा आफू सहमत भएको लामिछानेले बताएका हुन्। मोदीले दुई पक्षबीच भएको भेटको तस्बिर आफ्नो सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेका थिए। त्यसलाई सेयर गर्दै […]
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित विपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाएका हुन्। ‘कांग्रेसलाई एकढिक्का बनाउनका लागि, एक ठाउँमा ल्याउनका लागि म अन्त्यसम्म प्रयास गर्नेछु। म यो […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने […]
सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा विहान ७ बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहानैदेखि मतदाताहरू उत्साहका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेख्य उपस्थिती देखिएको छ। सुरक्षा व्यवस्था कडा पारिएकाले अहिलेसम्म कुनै अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मतदानलाई व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र […]
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए । प्रसाईंलाई अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा ल्याइएको छ । यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा […]
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो । आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ । आजदेखि […]
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, […]
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा ९एमाले०की लीला कुमारी भण्डारी र नेपाली काँग्रेसका खम्मबहादुर खाती विजयी भएका छन्। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले ३ हजार ९८४ मत प्राप्त गर्दै विजयी भइन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मत प्राप्त गरिन्। यसैगरी, अन्य […]
नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ […]
प्रधानमन्त्री सुशीला कार्कीले २०८२/०८३ को तीन महिने कार्यप्रगति सन्तोषजनक नभएकाले गति बढाएर काम गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएकी छिन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकमा प्रधानमन्त्री कार्कीले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् । ‘आमजनताको […]
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरुले पार्टीमा स्वागत गरे । यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए । २०७४ को चुनावमा प्रदेश सांसद जितेका बाजुराका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक […]
नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रकाश शाहले पार्टी परित्याग गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने भएका छन्। शाह लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट रहेका थिए र भीम रावलको नजिकका नेताका रूपमा चिनिन्छन्। रावललाई एमालेले कारबाही गरेपछि शाहले त्यसको विरोध गर्दै आएका थिए। २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशसभा सदस्य […]
कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अहिलेको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पारेका छन्। प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको चौतारी खुल्ला संवादमा उनले सरकारको रवैया, प्रहरीको खस्कँदो मनोबल र बाहिर रहेका हतियारहरूका कारण अहिले निर्वाचन हुने अवस्था नरहेको बताएका हुन् । ‘२ हजारभन्दा धेरै प्रहरीका हतियार खोसिएका […]
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आज काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ ।जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम लगायतका विषयमा पार्टीको धारणा आम जनतामाझ पुर्याउने उद्देश्यले सभा गर्न लागिएको नेकपाले जनाएको छ । दिउँसो १ बजे भृकुटीमण्डमा आयोजना हुने सभालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् । सभा अगाडि र्याली निकाल्ने योजना नेकपाको छ । सभामा काठमाडौं […]
नेकपा (एमाले)को ११ औं महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार तय गरेको छ।मंगलबार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ।मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकैपटक प्रतिनिधि छनोट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ। अपानिमा जनाइए अनुसार […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय कार्यसमिति […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय,सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान सङ्कट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । सो भेटवार्ताका विषयबारे जानकारी […]
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क […]
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि […]