होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा डा. देवकोटा नियुक्त
समाचार

जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा डा. देवकोटा नियुक्त

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा डा. देवकोटा नियुक्त

नागरिक रैबार/बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखमा एमडिजिपि डाक्टर प्रेरित देवकोटालाई नियुक्त गरिएको छ ।

एमडिजिपि समेत रहेका डाक्टर देवकोटालाई आजबाट जिल्ला अस्पताल बाजुराको कार्यालय प्रमुखको जिम्मेवारी दिईएको जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङले बताएका छन् ।

उनका अनुसार यस अघि कार्यालय प्रमुखको जिम्मवारी डाक्टर मिलन जोशीले सम्हाल्दै आएका थिए । उनि मेडिकल अधिकृत हुन् ।
जिल्ला अस्पताल बाजुराले करिव ४ वर्षपछि एमडिजिपि डाक्टर पाएको छ । एक महिना अघिमात्र दुर्गममा सेवा गर्ने भन्दै जिल्ला अस्पताल बाजुरामा आएका डाक्टर देवकोटा कार्यालय प्रमुखको जिम्मेवारी नपाएपछि घर विदामा गएका थिए । कार्यालय प्रमुखको जिम्मेवारी पाएसंगै आजै उनलाई जिल्ला अस्पताल बाजुराले एक औपचारिक कार्यक्रम गरेर कार्यालयमा स्वागत गरेको छ ।

विज्ञापन

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै डा: देवकोटाले भने आफु रहँदा सम्म बाजुराबासीकाे सेवामा तल्लिन भएर काम गर्ने बताएका छन् ।

No description available.

कार्यालय प्रमुखको जिम्मेवारी पाएका डाक्टर देवकोटालाई स्वागत गर्दै प्रमुख अतिथी समेत रहेका बडमिालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले जिल्ला अस्पतालका लागि नगरपालिकाबाट सक्दो सहयोग गर्ने बचन दिएका छन् । उनले जिल्लाको सदरमुकाम समेत रहेको अस्पतालमा एमडिजिपि सहितको सेवा दिन आएका डाक्टर देवकोटालाई निर्धक्क भएर बाजुराली जनताको सेवा गर्न आग्रह गरेका छन् ।

No description available.

यस अघि बाजुरामा जीपीएसम्म डाक्टर नहुँदा जटिल रोगका बिरामीहरु जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता रहदै आएको थियो । एमडिजिपि डाक्टर देवकोटा सहित अव जिल्ला अस्पताल बाजुरामा ८ जना डाक्टरहरुले सेवा दिने भएका छन् ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष दावा गुरुङको अध्यक्षतामा भएको कार्यालय प्रमुखको स्वागत कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्ट, जिल्ला समन्वय समिति उपप्रमुख लाक्षु सार्की, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा रहेका थिए । कार्यक्रमको संचालन जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले गरेका थिए । कार्यक्रममा स्वास्थ्यकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार