होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिकाले उचाल्यो
Breaking News

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिकाले उचाल्यो

  • नागरिक रैबार
तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिकाले उचाल्यो

नागरिक रैबार/बाजुरा २९ माघ ।बडीमालिका नगर स्तरीय तेसो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका नमुना माध्यमिक विद्यालयले उचालेको छ ।

बडीमालिका नगरपालिकाले आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको उक्त प्रतियोगतामा एथलेटिक्स ४३ स्वणर्, रजत १२ र ८ कास्य गरी कुल ६३ पदक प्राप्त गर्दै मालिका माविले तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि हात पारेको हो ।

प्रतियोगितामा ४ स्वणर्, ४ रजत र ८ कास्य पदकसहित कुल १६ वटा पदक प्राप्त गर्दै बडीमालिका ९ मा रहेको क्रियटर जोन एकेडेमी द्धित्तिय र १ स्वणर्, ८ रजत र ३ कास्य पदकसहित १२ पदक प्राप्त गर्दै बडीमालिका २ मा रहेको सत्यवादी मावि तृतीय भएको थियो ।

विज्ञापन

No description available.

नगरपालिकाले आइतबार आयोजना गरेको पुरस्कार वितरण तथा समापन कार्यक्रममा नेकपा एमालेका सुदूपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल र बडीमालिकाका अमर बहादुर खड्काले विद्यार्थीलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल प्रदान गरेका छन् ।

प्रतियोगितामा विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तेस्रो छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर कटुवालले बताएका छन् ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता माघ २५ गतेबाट संचालन गरिएको थियो ।

No description available.

प्रतियोगितामा छात्र /छात्राविच भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलाट तर्फका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा नगरपालिका भित्रका १० वटा विद्यालयहरु सहभागि भएका थिए । प्रतियोगिता मालिका माविको प्राङगणमा संचालन गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार