होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मालिका नमुना माविमा कार्यरत शिक्षक जोशीको विदाई
Breaking News

मालिका नमुना माविमा कार्यरत शिक्षक जोशीको विदाई

  • नागरिक रैबार
मालिका नमुना माविमा कार्यरत शिक्षक जोशीको विदाई

नागरिक रैबार/बाजुरा २० माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक उत्तमराज जोशीको विदाई गरिएको छ ।

२०७२ साल पौष ५ गतेदेखि मालिका नमुना माविमा मावि तहको स्थायी शिक्षक दरबन्दीमा कार्यरत रहेका शिक्षक जोशीको आज एक औपचारिक कार्यक्रमका विच भव्य रुपमा विदाई गरिएको मालिका नमुना माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।

शिक्षक जोशीले विद्यालयमा कार्यरत हुदाँ विद्यालयलाई नमुना बनाउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गरेको प्राचार्य पाध्यायले बताएका छन् । विद्यालयमा मावि तहको स्थायी दरवन्दीमा कार्यरत रहेका जोशी सामाजिक विषय अध्ययन/अध्यापन गराउँदै आएका थिए ।

विज्ञापन

May be an image of 4 people, child, people standing, people sitting, crowd and outdoors

विद्यालयकाे खेलकुद समितिका संयोजक समेत रहेका जोशीले विद्यालयमा कार्यरत रहँदा खेल क्षेत्रका हरेक क्रियाकलापमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिर्घराज पाध्यायले बताएका छन् ।

विद्यालयमा यस अघि कार्यरत रहेका जहरसिंह थापा सेवा निवृत भएर गएपछि विद्यालयले जोशीलाई खेलकुद समितिको संयोजकको जिम्मेवारी दिएको थियो । खेलकुद समितिको जिम्मेवारीपछि जोशीले विद्यालयको खेल क्षेत्रलाई जिल्लामै सवैभन्दा राम्रो बनाउन सफल भएका थिए ।

मालिका माविबाट विदाई गरिएका जोशी आफ्नै गृह जिल्ला बझाङमा रहेको लामातोला माध्यमिक विद्यालयमा जाने भएका छन्।
विदाई कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीबाट जोशीलाई मायाको चिनो प्रदान गरेर विद्यालयबाट विदाई गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ५ दिन अगाडि