होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ४ चैत। कुण्डाली सेवा समाज बाजुराले मार्तडी-कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा र इलाका प्रशासन कार्यालय स्थापनाकाको माग गर्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आईतबार कुण्डाली सेवा समाज बाजुराले प्रमुख जिल्ला अधिकारी पौडेललाई पुर्विउत्तरी क्षेत्रको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र मार्तडी कोल्टी सडकको स्तरोन्नति गरि नियमित […]
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार/बाजुरा १५ फागुन।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्मामा स्थित कर्णाली नदिले बगाएको झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको छ । २०७९ असोज १९ देखि २४ गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकास्थित बेर्मा–वालुवा जोडने झोलुङ्गे बगाएको […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाले १४ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाको वार्षिक कार्यक्रम अनुसार पालिकाबाट शिल्डमा सहभागी भएका खेलाडीलाई स्वर्ण,रजत र कास्य पदक विजेतालाई नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् । खेल क्षेत्रको प्रवद्र्धन र खेलाडीलाई खेलकुदमा […]
नागरिक रैबार/बाजुरा १८ माघ।बाजुरामा करिव ४ महिनापछि भारी वर्षासंगै हिमपात भएको छ । लामो समयको अन्तरालपछि वर्षासंगै हिमपात भएपछि कृषकहरुले लगाएको हिउँदे बाली सप्रिने भएको छ । भदौको अन्तिम सातापछि बाजुरामा वर्षा भएको थिएन् । बुधबार रातीबाट बाजुराका उच्च हिमाली भेगमा हिमपात र वर्षा निरन्तर भईरहेको छ । ४ महिनापछि एकाएक बर्षासंगै हिमपात भएपछि सुक्न […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
नागरिक रैबार/ बाजुरा ४ माघ। बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाअध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समय देखि बिरामी भएकी जोशीको बुधबार राती मृत्यु भएको हो । मृतक जाेशी २०७९ सालकाे स्थानीय निर्वाचनमा नेपाली काँग्रेसबाट गाउँपालिकाकाे उपाध्यक्षमा निर्वाचित भएकी थिईन् ।
राजेन्द्र बहादुर राेकाया/ बाजुरा ९ पुस। बाजुराका प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही हलियाका समस्या बुझ्न हलिया बस्तिमा पुग्नुभएको छ । बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा रहेका हलियाको समस्या बुझ्न प्रतिनिधि सभा सदस्य शाही आज उक्त बस्तिमा पुग्नुभएको हो । साँसद शाहीलाई पिपलडालीका हलियाहरुले एक छाक टार्न समेत समस्या भएको समयमा बस्ति माथिबाट आउने पहिरोले पुरै बस्ति […]
राजेन्द्र रोकाया/कोल्टी ३ पुस। बाजुरामा संचालन हुदै आईरहेको फियान नेपालले समाज परिवर्तन र नागरीकका हकमा अनकौं कार्यक्रम गर्दै आईरहेको छ । नागरीकले बाँच्न पाउनुपर्ने र आफैले केहि गर्नुपर्छ भन्ने सिकाएनमा अहिले फियान नेपाल जिल्लाका ग्रामिण क्षेत्रमा अग्रसर रहेको छ । फियान जस्तै कयौ संघसंस्थाले मुक्तिकोटका नागरीकलाई राहत दिएका छन् । फियान बाहेक अन्य संघसंस्थाले केहि […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
बाजुराका पत्रकार नहकुल जोशीको पहिलो ‘नाजवाफ’ नामक उपन्यासको आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आउनुभएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति आइतवार सार्वजनिक भएको हो । उपन्यासमा मुख्य रुपमा राज्यब्यवस्था […]
नागरिक रैबार/बाजुरा २१ कात्तिक । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा सोमबार भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासी परिवारलाई निस्सा वितरण सुरु गरेको छ । आयोगले जिल्लामा पहिलो पटक स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ जुकोटले आफ्नो वडाका ३८ जनालाई निस्सा वितरण गरेको छ । आयोगका जिल्ला अध्यक्ष जनक रोकायाले भनेः‘ हामीले पहिलो […]
राजेन्द्र विक बाजुरा,२२असोज यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी […]
राजेन्द्र रोकाया, काेल्टी। जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वमा कोल्टीमा संचालित मेडिकलको अनुगमन गरीएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बाजुराको नेतृत्वको सरोकारवाला सहितको टोलिले पाँच वटा मेडिकलको अनुगमन गरेको हो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय बाजुरा, प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा ईलाका प्रहरी कार्यालय कोल्टी प्रत्रकार लगायतको सहभागितामा मेडीकलको अनुगमन […]
धनबहादुर बोहरा कोल्टी २० भदौ । जिल्लाको स्वामिकार्तिक गाउँपालिकाले ज्येष्ठ नागरिक तथा अन्य स्थानीयका समस्या बुझ्न घरदैलो अभियान सुरु गरेको छ । दुर्गमका गाउँबस्तीको खानेपानी, स्वास्थ्य, शिक्षा बाटो पुल लगायतका भौतिक पूर्वाधारको आवश्यक तथा ज्येष्ठ नागरिक अपाङ्ग असहाय र विभिन्न रोगले प्रभावित भएकाको वास्तविक समस्या बुझ्ने गरेर गाउँपालिकाले घरदैलो अभियान सुरु गरेको हो । भौगोलिक विकटताका कारण […]
नागरिक रैबार/बाजुरा ३० साउन। ३ दिन देखिको लगातरको बर्षाका कारण कर्णाली नदिमा पानीको बहाव बढेको छ । नदिमा पानीको बहाव बढेसंगै बाजुराको कर्णाली पारी रहेको एकमात्रै गाउँपालिका स्वामीकार्तिक खापर जोड्ने पिलुचौरमा रहेको मुख्य झोलुङगे पुल जोखिम्मा परेको छ । नदिमा पानीको बहाव बढेपछि जिर्ण अवस्थमा रहेको उक्त पुल जोखिम्मा परेको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोश्रो गाउँ सभामा पालिकाका उपाध्यक्ष मैना जोशीले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको […]
नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो । कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ को मिगु गाउँका ७० घर परिवारलाई सोलार वितरण गरिएको छ । गएको असोज महिनामा आएको अविरल वर्षाले गाउँमा रहेको बत्तीको नहर भत्किए पछि ८ महिनादेखि अध्यारोमा बस्दै आएका वडा नम्वर ५ का स्थानीयलाई साेलार वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । अध्यारो […]