होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन
प्रदेश ७

सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन

  • नागरिक रैबार
सुदूरपश्चिममा ३ सदस्यीय मन्त्रिमण्डल गठन

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले तत्काल २ जना मन्त्रीसहित ३ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् ।

तीनै जनाले आज पद तथा गोपनीयतको शपथ ग्रहण गरेका छन् । मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका हुन् ।

नेपाली कांग्रेसबाट मन्त्री बनेका प्रकाश देउवालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट मन्त्री बनेका नरेशकुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

विज्ञापन

कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा समेत रहेका प्रकाश कैलाली क्षेत्र नं. ५ (२) बाट निर्वाचित भएका हुन् भने शाही बाजुरा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार