होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनयुद्ध दिवसको अवसरमा अस्पतालका विरामीलाई फलफुल वितरण
समाचार

जनयुद्ध दिवसको अवसरमा अस्पतालका विरामीलाई फलफुल वितरण

  • नागरिक रैबार
जनयुद्ध दिवसको अवसरमा अस्पतालका विरामीलाई फलफुल वितरण

नागरिक रैबार/बाजुरा १ फागुन।  २८ औँ महान जनयुद्ध दिवसरको अवसरमा जिल्ला अस्पताल बाजुरामा उपचारत रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

देश र जनताको परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दे बाजुरामा २८ औँ महान जनयुद्ध दिवस मनाइएको छ ।  अस्पतालमा रहेका विरामीहरुको स्वास्थ्य लाभको कामना गर्दै दिवसको अवसरमा फलफुल वितरण गरिएको अखिल क्रान्तिकारी बाजुराका अध्यक्ष खेमराज साउँदले बताएका छन् ।

विहान बिरामीहरुलाई फलफुल वितरण गरिएको र आज साँझ मार्तडीको लोकतान्त्रीक चोकमा दिप प्रज्वलन गरि कार्यक्रमको कोड सभा गरिने समेत अध्यक्ष साउँदले बताएका छन् ।

विज्ञापन

No description available.

अखिल क्रान्तिकारी बाजुरा र वाइसिएल बाजुराको सयुक्त आयोजनामा दिवसको अवसरमा गरिएको फलफुल वितरण कार्यक्रमा माओवादी केन्द्र बाजुराका सचिवालय सदस्य चन्द्र बहादुर थापा,अखिल क्रान्तिकारी बाजुरा अध्यक्ष खेमराज साउँद लगाएत अखिल क्रान्तिकारीमा आस्थावान नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहको थियो । आज नेपाल सरकारले १० वर्षे जनयुद्व सुरू भएकाे दिनकाे अवसरमा देशभर सार्वजनिक विदा समेत दिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार