होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाम्काका अग्नीपीडितका लागि हिमालीले १ लाख बढी आर्थिक सहयोग गर्ने
देश/प्रदेश

बाम्काका अग्नीपीडितका लागि हिमालीले १ लाख बढी आर्थिक सहयोग गर्ने

  • नागरिक रैबार
बाम्काका अग्नीपीडितका लागि हिमालीले १ लाख बढी आर्थिक सहयोग गर्ने

नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको हिमाली गाउँपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १ लाख सहयोग गर्ने भएकाे छ ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाम्का बजारका आगलागी पीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए ।

गएको शुक्रबार साँफे मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका ६ स्थित बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास सिलिण्डर पड्कीएर ३५ बढी पसलहरु जलेर नष्ट भएका थिए । आगलागी बाट करिव १९ करोड बढीको क्षति भएको थियो ।

बाम्का बजारका अग्नि पीडितको राहत तथा उद्वारका लागि अहिले बुढीगंगा सहित जिल्लाका अन्य पालिकाले सहयोग गरिरहेक छन् ।

आगलागी पिडितका लागि अहिलेसम्म बुढीगंगा नगरपालिकाबाट ५ लाख, त्रिवेणी नगरपालिकाबाट १० लाख, बुढीनन्दा नगरपालिकाबाट १ लाख र स्वामीकार्तिक खापर गाउँपालिकाबाट १ लाख १ हजार १ सय सहयोग गर्ने निर्णय भइसकेको छ ।

May be an image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै