होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सिमान्तकृत वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवालासंग छलफल
Breaking News

सिमान्तकृत वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवालासंग छलफल

  • नागरिक रैबार
सिमान्तकृत वर्गलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवालासंग छलफल

नागरिक रैबार/बाजुरा २६ जेठ। बडीमालिका नगरपालिकाका सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रको आयोजना र बडीमालिका नगरपालिकाको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सिमान्तकृत बर्गका नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा जोड्न र यहाँका स्थानियतहले यस्ता बर्गहरुको स्वास्थ्य सम्वन्धिको हकअधिकार सुनिश्चित गर्न निती तथा कार्यक्रम निर्माण गरि आवश्यक बजेट विनियोजन गर्नुपर्ने सरोकारवालाले कार्यक्रममा बताएका छन् ।

विज्ञापन

सरकारले विभिन्न निती तथा कार्यक्रम संचालन गरिरहेको छ, तर पीछडिएको बर्ग र सिमान्कृत बर्गको हितमा निति,निर्माण नहुँने भएका कारण उक्त बिषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताईएको छ ।

बडीमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेकबहादुर बुढाले नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा सेवा लिन आउने सेवाग्रीहरुका लागि नगरपालिकाको स्वास्थ्य शाखा  निरन्तर लागिरहेको बताएका छन् ।

बडीमालिका नगरपालिकाका नगरउपप्रमुख नन्दा कुमारी थापाले सिमान्कृत बर्गका नागरिकहरुलाई अझै स्वास्थ्य क्षेत्रको पहुँचमा ल्याउन नसकिएको बताउनुभएको छ । नगरभित्रका स्वास्थ्य संस्थामा सहज रुपमा सेवा लिनका लागि बनाईएका संरचनाहरु भएपनि आवश्यक उपकरण र जनशक्ति नहुँदा समस्या हुने गरेको उनको भनाइ छ ।

अव नगरका ९ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई सेवामुखि बनाउन आफुहरुले विषेश योजनाका साथ बढ्ने बताएकी छन् ।

कार्यक्रमा विपन्न बर्गका नागरिकहरुलाई माथी उठाउनका लागि आउदो बजेट निर्माणमा यस्ता कार्यक्रमहरुलाई समेटेर लैजान कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए ।

सिमान्तकृत तथा सेवाबाट बन्चित समुहमा स्वास्थ्य प्रवद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सदरमुका मार्तडीको दृष्ट्रि होटेलमा सम्पन गरिएको हो । कार्यक्रममा बडीमालिका नगरउपप्रमुख नन्दा कुमारी थापा, राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा संचार केन्द्रका केशवराज पण्डित, जनस्वास्थ्य अधिकृत अनुप अधिकारी उपेन्द्र ढुंगाना, बडीमालिका नगरपालिकाका २, ३, ५, ७,  ८ र ९  का वडा अध्यक्ष, विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी पत्रकार लगायतको सहभागिता रहेको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै