होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
समाचार

बुढीगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • नागरिक रैबार
बुढीगंगामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

नागरिक रैबार/बाजुरा २८ माघ। जिल्लाको बुढीगंगा नगरपालिकामा आजबाट तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिकाको आयोजनामा संचालन गरिएको उक्त प्रतियोगिता भानोदय माविको प्राङ्गणमा सूरु गरिएको हो । प्रतियोगिताको उद्घाटन नेकपा एमाले बाजुराका जिल्ला कमिटी सचिव भरत थापाले गरेका हुन् ।

May be an image of 6 people and people standing

विज्ञापन

बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा संचालन गरिएको उक्त प्रतियोगिताको प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी बाजुराका सचिव भरत थापा रहेका थिए भने त्यस्तै विशिष्ट अतिथी जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापा लगायत रहेका थिए ।

May be an image of 5 people, people standing and outdoors

प्रतियोगितामा नगरभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीले सहभागिता जनाएका छन् । आजबाट सूरु भएको प्रतियोगिता ३ दिनसम्म संचालन गरिने आयोजकले बताएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार