होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • बडीमालिकामा राष्ट्रपति रनिङ शिल्डका खेलहरु सकिए, पुरस्कार वितरण भोली
खेलकुद

बडीमालिकामा राष्ट्रपति रनिङ शिल्डका खेलहरु सकिए, पुरस्कार वितरण भोली

  • नागरिक रैबार
बडीमालिकामा राष्ट्रपति रनिङ शिल्डका खेलहरु सकिए, पुरस्कार वितरण भोली

नागरिक रैबार/बाजुरा २८ माघ। बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका खेलहरु सम्पन्न भएका छन् ।

माघ २५ गतेबाट मालिका माविको प्राङगणमा संचालन गरिएको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु ४ दिन पछि आज सम्पन्न भएका हुन् ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोगीता माघ २५ गतेबाट संचालन गरिएको थियो ।

विज्ञापन

No description available.

प्रतियोगितामा सहभागि विद्यालयका छात्र /छात्रा भलिबल, कबड्डी, एथलेटिक्स तर्फका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा पालिका भित्रका १० वटा विद्यालयका विद्यार्थीहरु विच प्रतिष्पर्दा गरिएको थियो ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु आज सम्पन्न भएपनि पुरस्कार वितरण भने भोली विहान ११ बजे गरिने आयोजकले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार