होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित
समाचार

प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

  • नागरिक रैबार
प्रेस चाैतारीकाे स्थापना दिवसमा बाजुराका २ जना पत्रकार सम्मानित

नागरिक रैबार/बाजुरा २२ माघ। प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसका अवसरमा चाैतारी बहस कार्यक्रम संगै दुई जना पत्रकार सम्मान गरेकाे छ ।

समृद्धीका लागि स‌चारकर्म, प्रेस चाैतारीकाे मुलमर्म भन्ने मुला नाराका साथ आयाेजित स्थापना दिवसकाे असरमा २ जना पत्रकारलाई समेत सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाले जनाएकाे छ ।

स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल बाजुरा शाखाले स्थापना गरेको विनोद विक स्मृति पत्रकारिता पुरस्कार प्रेस चौतारीका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली र जिल्ला सदस्य तथा रेडीयाे बाजुरामा कार्यरत पत्रकार सरिता नेपालीलाई नगद सहित प्रमाण पत्रले सम्मानित गरिएको प्रेस चाैतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विकले बताएका छन ।

विज्ञापन

विगत लामाे समय देखी पत्रकारिता क्षेत्रमा काम गर्दै आएका ओली र नेपालीलाई जनही नगद पाँच हजार ५ सय ५५ रुपैया सहित प्रमाण पत्रले सम्मान गरेको प्रेस चौतारी बाजुराका अध्यक्ष मदन विकले बताए ।

दिवसकै अवसरमा आइतबार बिहान जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाइ फलफुल वितरण तथा दिउसाे जनप्रतिनधीहरु संग चाैतारी बहस स‌ंगै बिबिध कार्यक्रम सगै कृयाशिल पत्रकार वली र नेपालीलाइृ सम्मान गर्नुका साथै जन प्रतिनधीसंग चाैतारी बहस कार्यक्रम गरी मनाएकाे छ ।

प्रेस चौतारी बाजुराको सचिवालयको बैठकले छनोट गरेर ओली र नेपाली सम्मान सहित पुरस्कार दिने निर्णय गरेकाे थियाे । प्रेस चौतारी नेपाल बाजुरा शाखाका अध्यक्ष मदन विककाे अध्यक्षतामा संचालन भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।

स्थापना दिवसमा नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्का,उपमेयर नन्दा थापा, बुढीगंगाका मेयर रामबहादुर बानियाँ, जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बुढीनन्दा नगरका उपप्रमुख रामबहादुर बोहरा, खप्तड छेडेदहका अध्यक्ष दिलबहादुर रावत, गाैमुल गाउँपालिका उपाध्यक्ष सीता थापा, प्रेस चाैतारी केन्द्रीय सदस्य बसन्त बिश्वकर्मा लगायत विशिष्ट अतिथी रहेका थिए । सदस्य सरिता नेपालीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव रमित विकले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार