होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल रेडक्रस बाजुराको सभापतिमा जैशी निर्वाचित
समाचार

नेपाल रेडक्रस बाजुराको सभापतिमा जैशी निर्वाचित

  • नागरिक रैबार
नेपाल रेडक्रस बाजुराको सभापतिमा जैशी निर्वाचित

 नागरिक रैबार
बाजुरा २९ माघ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुराको सभापतिमा मेखराज जैशी निर्वाचित भएका छन् ।
जैशीले ६२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्दी रमबहादुर शाहीले ५८ मत पाएर पराजित भएका छन।
यसैगरी रेडक्रसकाे मन्त्रीमा टंकप्रसाद न्यौपाने विजयी भएका छन् । उनले ६५ मत पाए भने उनका निकटम प्रतिद्धन्दी केशवराज जैशीले ५१ मत पाएर पराजित भएका छन् । त्यस्तै  कोषाध्यक्षका  लोकराज जैशीले ६४ मत पाएर विजयी भए,भने देवराज न्यौपानेले ५१ मत पाएका छन् ।
आज भएको मतदानपछिको मत परिणाम सार्वजनिक गर्दै निर्वाचन अधिकारी पुष्कर खड्काले उप मन्त्रीमा विपिन विष्टले ६३ मत पाएर विजयी भएको घोषणा गरेका छन् । उनका प्रतिद्धन्द्धी जनक सिंहले ५२ मत पाए ।
यसैगरी उप–कोषाध्यक्षमा रमेश कुमार रावत निर्वाचित भए,भने उनका निकटम प्रतिद्धन्द्धी कर्णवीर बुढाले ५२ मत पाएर पराजित बनेका छन् ।
यस्तै सदस्यमा मनीजंग मल्ल ७८, मदन रोकाया ७७,रत्नप्रसाद देवकोटा ६२ चक्रबहादुर थापा ६१,अर्जुन नेपाली ६० र धर्मराज जैशीले ५९ मत ल्याएर विजयी भएका छन् ।
यस भन्दा पहिले उप सभापतिमा विजयराज पण्डित,महिला उप सभापतिमा विमला थापा र सदस्यमा अमृता सिंह,विमला रोकाया र राधिका सिंह निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकारी खड्काले बताएका छन् ।
मत परिणाम सार्वजनिक भएपछि सपथ ग्रहण र प्रमाण पत्र वितरण सोमबार विहान ११ बजे गर्ने निर्वाचन समितिले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार