होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको अथक प्रयासपछि गाउँपालिकाका विकट वडाहरुमा फोर जी सेवा सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ । लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूर्ण रुपमा सेवा सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाको भनाइ छ । स्थानीय सरकार […]
नागरिक रैबार/बाजुरा १६ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि रचना विक भारतको मुम्वइबाट बेपत्ता भएकि छन् । रोजगारीको शिलसिलामा भारतको मुम्वईमा श्रीमान गणेश विकसंगै बस्दै आएकि रचना ५ दिनदेखि एकाएक वेपत्ता भएकी हुन् । मुम्वइमा श्रीमानसंगै रहेकी रचना आफ्नो बहिनीलाई भेट्न भनेर गएकी भएपनि आजसम्म घरपरिवार कसैको सम्पर्कमा नआएको उनका कान्छा ससुरा पुर्णबहादुर […]
नागरिक रैबार/बाजुरा ९ फागुन। राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव आरसी रोकायाले आफ्नो जन्मदिनकाे अवसरमा विरामीलाई फलफूल र विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर मनाएका छन् । विरामीको स्वास्थ्य लाभ र विद्यार्थीको शैक्षिक सुधारको कामना सहीत जन्मदिन मनाएको आरसी रोकायाले बताएका छन् । जन्मदिनको अवसरमा आज विहान जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना भएका […]
नागरिक रैबार/बाजुरा १५ माघ। बाजुरामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सूरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बुढीन्नदा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा सूरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजना र बुढीनन्दा नगरपालिकाको सह–आयोजनामा […]
गौमुल गाउँपालिकामा विकास निमार्णका कार्यहरु तीब्र रुपमा भईरहेका छन् । गाउँपालिकाले जनताका आधारभूत आवश्यकता अनुसारकाे याेजना बनाएर गाउँमा विकास गर्ने क्रम जारी छ । दुर्गम बस्तीलाई सडक सञ्जालमा जोड्नेदेखि खानेपानी, विजुली विस्तारमा अगाडी बढेको देखिन्छ । गाउँपालिकाका विभिन्न गाउँ, बस्तीमा सडक पुग्ने क्रम जारी रहेको छ । गाउँपालिकाको केन्द्र घट्मुनादेखि छहरीएर रहेका कतिपय बस्तीहरुमा सडक […]
नागरिक रैबार/बाजुरा १८ पुस । गौमुल गाउँपालिकाको केन्द्र घटमुना बजारमा तरकारी संकलन तथा विक्रि केन्द्रको स्थापना गरिएको छ । पालिका भित्रका कृषकहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा समस्या नहोस भन्ने उद्देश्यले घटमुना बजारमा तरकारी संकलन केन्द्रको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । तरकारी संकलन तथा विक्री केन्द्रको आज एक औपचारिक कार्यक्रमका विच गौमुल गाउँपालिका उपाध्यक्ष सीता […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
प्रमित विक/गाैमुल १९ मसिर। जिल्लाको गौमुल गाउँपालिकाका दुर्गम गाउँ अन्द्राडी, अम्लीसमा विजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोशिएसन ब्रिटीस गार्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा विजुली बत्ती सेवा प्रदान गरेको हो । कादुरी संस्थाको आर्थिक सहयोग गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट १ सय किलोवाट क्षमताको […]
नागरिक रैबार/बाजुरा १९ कात्तिक । धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा जिप दुर्घटना भएको तलकाेट प्रहरी चौकी डोटीले जनाएको छ ।प्रहरीका अनुसार गाैमुल गाउँपालिका ४ घर भएका २१ वर्षका महेश बुढाले चलाएकाे ग २ […]
रमित वि.क.। बाजुराको गौमुल गाउँपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रीत आन्दोलन सुरु भएपछि गाउँपालिकाले विद्यालय नै बन्द गरेर पठन पाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हकअधिकार हनन् नगर्न गाउँपालिका मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता […]
नागरिक रैबार/ बाजुरा २१ साउन। जिल्लाका गाैमुल गाउँपालिकाले पशुचाैपायमा महामारीका रुपमा देखिएको “लम्पी स्कीन” रोग विरुद्धको खोप लगाउन प्राविधिकहरुलाई गाउँगाउँमा खटाएको छ । गाउँपालिकाले पशुचाैपायमा देखिएको लम्पी स्कीन रोगका विरुद्ध खोप लगाउन पुश प्राविधिकहरुको टोली गाउँगाउँमा खटाएको हो । गाउँपालिका भरि व्यापक रुपमा फैलिएको लम्पी स्कीन रोग विरुद्धको खोप गाउँपालिकामा पुगेपछि पशु प्राविधिकहरुको टोलीलाई गाउँगाउँमा […]
नागरिक रैबार/बाजुरा १५ साउन। मार्तडी-गौमुल घटमुना सडक अवरुद्ध भएको छ । निरन्तरको अविरल वर्षासंगै सडकमाथिबाट पहिरो गएपछि मार्तडी-गौमुल सडक अवरुद्ध भएको हो । करिव १४ किलोमिटर रहेको उक्त सडकका ठाउँठाउँमा पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध बनेको हो । बडीमालिका नगरपालिका-९ को ठुलीसाँगु, मेलकाँध, २ को थलारा, मैमातोला नजिकै सडकमा पहिरो खसेर भत्काएपछि सडक अवरुद्ध […]
नागरिक रैबार/बाजुरा १५ साउन। जिल्लाको गौमुल गाउँपालिका-३ धल्काँडा र बेहरीका बाढी पहिरोबाट विस्थापित र जोखिममा रहेका १३ परिवारलाई गाउँपालिकाले राहत वितरण गरेको छ । साउन ११ गते राति आएको अविरल वर्षाका कारण विस्थापित बनेका उक्त वडाका ६ परिवारलाई टेन्ट,कम्मल र जोखिममा रहेका ७ परिवारलाई त्रिपाल र कम्मदल वितरण गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार […]
नागरिक रैबार/बाजुरा ६ साउन । नेकपा एमाले निकट बाजुराकाे युथ फाेर्स विभाग प्रमुखमा युवा नेता अमृत जाेशीलाई ताेकिएकाे छ । राष्ट्रिय युवा संघ नेपाल बाजुराकाे हिजाे बसेकाे दाेस्राे पूर्ण बैठकले जाेशीलाई बाजुरा जिल्लाकाे युथ फाेर्स विभागकाे प्रमुखकाे जिम्मेवारी ताेकेकाे सचिव विस्न कार्किले बताए । त्यस्तै साेहि विभागकाे उपप्रमुखमा अर्जुन कविन्द्र बाेहरालाई जिम्मेवारी दिईएकाे हाे । […]
नागरिक रैबार/बाजुरा १० असार।जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । यस वर्षको निति तथा कार्यक्रमबाट पालिकाले विशेष गरेर स्वास्थ्य शिक्षा, र सडकलाई प्रमुख प्राथमिकतामा राख्ने निति लिएको छ । पालिका भित्रका सवै वडाका कार्यालय सम्म सडकको पहुँच पुगाउने निति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको हिमाली गाउँपालिकाले यस वर्षबाट गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ता र उमेर पुगेपछि मात्रै विहे गर्ने छोरीलाइ सम्मान गर्ने निति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिका र र पाठेघर खसेका महिलाको उपचार पालिकाले आफै गर्ने नितिलाइ अघि सारेको […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
रमित वि.क./ बाजुरा १७ बैशाख। गौमुल गाउँपालिकामा भूकम्पका कारण घरहरु चर्किएका छन् । गत माघ १० गते आएको भूकम्पका कारण ठुलो क्षति बेहोर्न बाध्यबनेका स्थानीयहरु यहीँ वैशाख १५ गते आएको भूकम्पले थप घरहरु चर्किएसंगै जोखिममा परेका छन् । गाउँपालिकाका ६ वटै वडाका प्रत्येक बस्तीहरु भूकम्पकाकारण जोखिममा परेको गौमुलगाउँपालिकाकाअध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ ।यसअघि आएको […]