होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २४ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाको फालासेनमा भोली माघ २५ गते शनिवारबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरु हुने भएको छ । माघ २५ देखि फागुन २ गतेसम्म संचालन हुने महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सवको मुल आयोजक समृद्ध मौरे बाम्का संस्थाले जानकारी दिएको छ । ७ दिन सम्म संचालन हुने […]
रामबहादुर विक/बाजुरा २४ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गरिने तयारी भएको छ । वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्ने गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिए । शुक्रबार बडीमालिका […]
नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् । माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री […]
अनिल शाही/ कोल्टी २३ माघ। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा रायोको साग र रोटी खादा ११ जना विरामी परेका छन । बुढीनन्दा नगपालिकाका वडा नं एकको पिपलडालीका स्थानिय रंगी ल्वारको घरमा विहानको खानाका लागि बनाईको रोटी र रोयोको साग खादा एकै घरका ६जना विरामी परेका छन भने सोही गाँउका अन्य चारजना विरामी परेका […]
नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर […]
नागरिक रैबार/बाजुरा २३ माघ । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा मृत्यु भएका दुवै जनाको भाईरल ज्वरोका कारण नभई दिर्घरोगका कारण मृत्युु भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बुधबार गृह मन्त्रालयलाई आधिकारीक पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले स्वामिकार्तिक १ साप्पाटाका ९० वर्षिया दलबहादुर रावल र ५५ वर्षिया प्रमिला कडाराको भाईरल नभई दिर्घरोगका कारण मृत्यु […]
नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ । बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका […]
नागरिक रैबार/बाजुरा २२ माघ। बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् । बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका […]
रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान […]
नागरिक रैबार/बाजुरा २१ माघ। अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रिय सदस्यमा बाजुराका ३ जना महिला नेतृ चयन भएकी छन् । अनेमसंघको माघ २१ गते काठमाण्डौमा भएको केन्द्रिय एकता सभा कार्यक्रमबाट बाजुराका ३ जना महिला नेतृ पुर्व संविधान सभा सदस्य बसुन्धरा रोकाया, अनेमसंघ बाजुरा अध्यक्ष मनदेवी ओली र पुर्व अनेमसंघ क्रान्तिकारी बाजुरा जिल्ला ईन्चार्ज तथा […]
मदन वि.क./बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराले बडीमालिका बोडिङ्ग स्कुलको केही भाग आफ्नो हाता भित्र परेको भन्दै डोजर लगाएपछि पुरै स्कुलको बेजोग भएको छ । जिल्ला अस्पतालको हाता भित्रको जग्गामा बडीमालिका बोडिङ्ग स्कुलको केही भाग परेको भन्दै डोजर लगाएर आफ्नो जग्गा फेर्ता लिन थालेपछि बडीमालिका बोडिङ्ग स्कुल अहिले जोखिममा परेको हाे । अस्पतालले विद्यालयको व्लक […]
रामबहादुर बिक/ बाजुुरा २० माघ । सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा न९ का २२ परिवार लाई धुँवा रहित चुलो वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपाल बाजुराको आर्थिक सहयोगमा धुवा रहित सुधारिएको फलामे चुलो वितरण गरिएको हो । विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २२ परिवार लाई […]
नागरिक रैबार/बाजुरा २० माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष तथा नेपाल टेलिभिजनका बाजुरा संवाददाता पत्रकार प्रकाश सिंह यस वर्षको उत्कृष्ट जिल्ला संवाददाता बनेका छन् । पत्रकार सिंहलाई सोमबार नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद सहित पुरस्कृत गरेका हुन् । नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा आर्थिक […]
नागरिक रैबार/बाजुरा २० माघ। बडीमालिका नगरपालिकामा “एक घर एक धारा” अभियान सूरु गरिने भएको छ । उक्त अभियान बडीमालिका नगरपालिकाको वडा नं. ८ बाट सूरु गरिन लागेकाे हाे । नगरपालिका भित्रको घरधुरीलाई स्वच्छ खानेपानीमा पहुँच बढाउन उक्त अभियान बडीमालिका नगरपालिकाले सूरु गर्न लागेकाे हाे । युनिसेफ नेपालको ५० प्रतिशत र बडीमालिका नगरपालिकाको ३० प्रतिशत र […]
नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो । आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख […]
रामबहादुर विक/बाजुरा १९ माघ। बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला गरिएको छ । बडीमालिका नगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको सहयाेग र बडिमालिका नगरपालिका वडा न ९ को समन्वयमा उक्त भेलाकाे आयोजना गरिएको हाे । उक्त कार्यक्रममा जानकारी गराउदै जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले उमेर नपुग्दै बिबाह गरेमा हुने समस्या […]
नागरिक रैबार/बाजुरा १६ माघ। जिल्ला प्रहरी कार्यालय बाजुराले केही समय यता विभिन्न खाले ज्यान सम्बन्धीको घटनाको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका वीच सार्वजनिक गरेको छ । हालसम्म जिल्लामा विभिन्न तवरबाट घटित ज्यान सम्बन्धीका तीन वटा, आत्म हत्या तथा दुरुत्साहन र एक फुटकर ज्यान सम्बन्धीको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान […]
नागरिक रैबार/बाजुरा १६ माघ। सदरमुकाम मार्तडीस्थित रहेका विद्यालयहरुले आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी भव्य रुपमा मनाएका छन् । सदरमुकाममा रहेको मालिका नमुना मावि, क्रियटर जोन एकेडेमी, कन्वर्स एकेडेमी, बडीमालिका बोडिङ्ग स्कुल, बालमन्दिर आधारभुत विद्यालय र समता स्कुलले विहिबार विहानैबाट विद्यालय परिसर भित्र रहेका मन्दिरमा सरस्वतिको पुजाआराधना गरि मनाएका हुन् । हरेक वर्ष माघ शुक्लपञ्चमीका […]
नागरिक रैबार/बाजुरा १४ माघ। सदरमुकाम मार्तडी बजारको विहिवार विहान अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा प्रशासन, प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ पत्रकार लगायतको टोलीले मार्तडीको दुनीहाटबजारमा रहेका १५ बढी पसलहरुको अनुगमन गरेको हो । मार्तडी बजारका व्यापारीहरुले आफ्नो पसलमा मुल्य सुचि नै नराखेर व्यापार गर्दै आईरहेको र अस्वभाविक रूपमा खाद्यवस्तुको मुल्य […]
नागरिक रैबार बाजुरा १२ माघ फियान नेपालकाे केन्द्रीय सदस्यमा नेपाल पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष तथा अभियान्ता मदनराज जैशी चयन भएका छन् । विगत १६ बर्ष देखि अधिकारको क्षेत्रमा काम गर्दै आएका जैशीले खाद्य अधिकारका सवाल उठान गर्दै मार्तडीमा रहेकाे दलित वस्तिका घरहरू फुकुवा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । बाजुरा जिल्लामा खाद्य अधिकारकाे […]