होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा ल्याइदै
स्वामीकार्तिक

रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा ल्याइदै

२ दिनमा ५ सय बढीको उपचार

  • नागरिक रैबार
रुघाखोकी र भाइरल ज्वरो नियन्त्रणमा ल्याइदै
साँकेतिक तस्विर

नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर विरामीहरुको स्वास्थ्य चेकजाँच गर्न थालेपछि विरामीको संख्या घट्दै गएको बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताएका छन् । रुघाखोकी र ज्वरो प्रभावित क्षेत्र हिमाली र स्वामीकार्तिक गाउँपालिकामा अहिलेसम्म ५ सय बढीको उपचार भईसकेको प्रजिअ न्यौपानेका बताएका छन् ।

हिमाली र स्वामीकार्तिक खापर गाउँपालिकाका स्थानीयहरुलाई हप्तादिन देखि रुघाखोकी र भाईरल ज्वरोले सताएको थियो । जसका कारण स्थानीयहरुको स्वास्थ्य चेकजाँच र औसधोपचार गर्नका लागि जिल्ला अस्पताल र सम्वन्धित स्थानीय तहका स्वास्थ्य संस्थाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि हुँदै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुरालले जानकारी दिएको छ ।

विज्ञापन

यस अघि दिर्घरोगका कारण स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटाको जोरुमा ९० वर्षिया दलबहादुर रावल र सोही गाउँकी ५५ वर्षिया प्रमिला कडाराको मृत्यु भएको थियो ।

छिमेकी हुम्लाबाट रोगको संक्रमण फैलिएको र केही दिनसम्म यसको असर अझै बाँकी रहने भएकाले स्थानीयहरुलाई सजक हुन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । स्वास्थ्यकर्मीका अनुसार जिल्लामा अत्याधिक चिसो बढेका कारण स्थानीयहरुमा रुघाखोकी, ज्वरो आउने, टाउको दुख्ने लगायत समस्या आउन सक्ने भएकाले चिसोबाट सुरक्षित रहन आग्रह गरेका छन् ।
भाईरल ज्वरो के हो ?
भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ। रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ। रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् ।
लक्षणहरुः
एक्कासी ज्वरो बढ्ने र रोकिने गर्छ, चिसो महशुस हुनु, हल्का खोकी लाग्नु, शरिर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु, वाकवाकी लाग्नु, कम्जोर महशुस हुनु, अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु, आँखा रातो हुनु ।
लक्षण देखिएपछि के गर्ने ?
यस्ता लक्षण देखिएपछि तत्कालै चिकित्सकको सल्लाह लिइ उपचार गर्नुपर्छ। भाइरल ज्वरोबाट पीडित व्यक्ति चिकित्सकले तोकेको औषधी सेवन गरी पर्याप्त आराम गर्नुपर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार