होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • बाजुरा साँस्कृतिक महोत्सवको तयारी पुरा, मन्त्री शाहले उद्घाटन् गर्ने
मनोरञ्जन

बाजुरा साँस्कृतिक महोत्सवको तयारी पुरा, मन्त्री शाहले उद्घाटन् गर्ने

  • नागरिक रैबार
बाजुरा साँस्कृतिक महोत्सवको तयारी पुरा, मन्त्री शाहले उद्घाटन् गर्ने

नागरिक रैबार/बाजुरा २४ माघ। जिल्लाको बुढीगंगा नगरपालिकाको फालासेनमा भोली माघ २५ गते शनिवारबाट कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सव सूरु हुने भएको छ । माघ २५ देखि फागुन २ गतेसम्म संचालन हुने महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको महोत्सवको मुल आयोजक समृद्ध मौरे बाम्का संस्थाले जानकारी दिएको छ ।

Image may contain: sky, mountain, outdoor and nature

७ दिन सम्म संचालन हुने उक्त महोत्सवलाई भव्य र सभ्य बनाउन आफ्नो तयारी अन्तिम चरणमा पुगाएको महोत्सवका मुल आयोजक समितिका सदस्य भरत बुढाले नागरिक रैबारलाई जानकारी दिएका छन् । “शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ बुढीगंगा नगरपालिकामा पहिलोपटक सो महोत्सवको आयोजना गरिएको हो ।

विज्ञापन

Image may contain: sky and outdoor

भोली माघ २५ गतेबाट सूरु हुने महोत्सवका लागि मञ्च निर्माण, स्टल निर्माण, स्वागत गेट, साउण्ड सिस्टम् निर्माणसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको आयोजक मौरे बाम्का संस्थाले जानकारी दिएको छ । महोत्सवको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चि प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले उद्धघाटन् गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

Image may contain: one or more people, sky and outdoor

महोत्सव अवलोकन गर्न आउने दर्शकहरुका लागि विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएका छन् । ८० वटा स्टल रहनें महोत्सवमा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरुले बाजुराबासीलाई मनोरन्जन दिने भएका छन् ।

Image may contain: one or more people, mountain, sky, outdoor and nature

महोत्सवमा कलाकारहरु, रामजी खाँड, सम्झना भण्डारी, रामचन्द्र काफ्ले, मरिमाचन श्रेष्ठ (बल्छी धुर्वे) अन्जली अधिकारी, विनोद बाजुराली, प्रकाश थापा, लालबहादुर थापा, चक्र बम, लालबहादुर धामी, रेखा जोशी, सुर्यविरही साउँद लगायतका कलाकारहरुको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार