होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • यी हुन बाजुरा महोत्सवमा प्रस्तुति दिने कलाकारहरु (सूचिसहित)
मनोरञ्जन

यी हुन बाजुरा महोत्सवमा प्रस्तुति दिने कलाकारहरु (सूचिसहित)

महोत्सव माघ २५ गतेबाट फागुन २ गतेसम्म हुने

  • नागरिक रैबार
यी हुन बाजुरा महोत्सवमा प्रस्तुति दिने कलाकारहरु (सूचिसहित)

नागरिक रैबार/बाजुरा २२ माघ। समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा बुढीगंगा नगरपालिकाको फालासेनमा माघ २५ गतेदेखि फागुन २ गते सम्म संचालन हुन लागेको बाजुरा साँस्कृतिक महोत्सवमा मनोरन्जन दिनका लागि आउने कलाकारहरुको सूचि तयार पारेको छ ।

बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा सहभागि हुने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सुचि तयार महोत्सवको मुल आयोजक समितिका सदस्य भरत बुढाले जानकारी दिएका छन् ।

यस अघि माघ २० गतेबाट संचालन हुने भनिएको महोत्सव आवश्यक तयारी पुरा नभएपछि आयोजकले महोत्सवको मिति सारेर २५ गतेबाट संचालन गर्ने निर्णय गरेको थियो ।
शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ माघ २५ देखि फागुन २ गतेसम्म महोत्सव संचालन गरिने महोत्सवको मुल आयोजक समिति माैरे बाम्का सस्थाले जानकारी दिएकाे छ ।

विज्ञापन

महोत्सवले बाजुराको विकास र समृद्धिमा टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपचकाे प्रस्तुति, आन्तरिक तथा बाह्य पर्यटकको आगमन रमाइलाे मेला, जडीवुटीकाे प्रदर्शनी, कृषि प्रर्दशनीका साथै विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाचका साथै देउडाखेल प्रस्तुति गायतका कार्यक्रम प्रस्तुत गरिने आयोजकले बताएको छ । महोत्सवको आकर्षण बढाउन महोत्सव स्थलमा विभिन्न किसिमका ८० वटा स्टलहरुका राखिने आयोजकले बताएको छ ।
यी हुन महोत्सवमा आउने कलाकारहरुः


फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार