होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा साँस्कृतिक महोत्सवको उद्धघाटन् मन्त्री शाहले गर्ने
समाचार

बाजुरा साँस्कृतिक महोत्सवको उद्धघाटन् मन्त्री शाहले गर्ने

  • नागरिक रैबार
बाजुरा साँस्कृतिक महोत्सवको उद्धघाटन् मन्त्री शाहले गर्ने

नागरिक रैबार/बाजुरा २४ माघ । समृद्ध मौरे बाम्का संस्थाको आयोजनामा भोली माघ २५ गतेबाट सूरु हुन लागेको कृषि, व्यापार, पर्यटन तथा बाजुरा साँस्कृतिक महोत्सवको उद्धाघाटन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले गर्ने भएका छन् ।

माघ २५ देखि फागुन २ गते सम्म बुढीगंगा नगरपालिकाको फालासेनमा संचालन हुन लागेको उक्त महोत्सवको उद्धघाट्नका लागि मन्त्री शाह भाेली विहानसम्म बाजुरा आईपुग्ने महोत्सवको मुल आयोजक समितिका सदस्य भरत बुढाले नागरिक रैबारलाई जानकारी दिए ।

फालासनेमा ७ दिन सम्म संचालन हुने महोत्सवलाई भव्य र सभ्य बनाउनका समृद्ध बाम्का संस्थाले आफ्नो तयारीलाई तिर्व पारेको छ ।

विज्ञापन

शिक्षा विकासको अभियान, कृषि व्यापार संस्कति र पर्यटन हाम्रो पहीचान’ भन्ने मुल नाराका साथ माघ २५ देखि फागुन २ गतेसम्म महोत्सव संचालन गरिने महोत्सवको मुल आयोजक समिति मौरे बाम्का सस्थाले जानकारी दिएको छ ।

महोत्सवले बाजुराको विकास र समृद्धिमा टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि उपचको प्रस्तुति, आन्तरिक तथा बाह्य पर्यटकको आगमन रमाइलो मेला, जडीवुटीको प्रदर्शनी, कृषि प्रर्दशनीका साथै विभिन्न पर्व, गौरा, अनन्ते, भुवा, हुड्के नाचका साथै देउडाखेल प्रस्तुति गायतका कार्यक्रम प्रस्तुत गरिने आयोजकले बताएको छ ।  महोत्सवको आकर्षण बढाउन महोत्सव स्थलमा विभिन्न किसिमका ८० वटा स्टलहरुका राखिने आयोजकले बताएको छ ।

बाजुराबासीलाई ७ दिनसम्म भरपुर मनोरन्जन दिनका लागि महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले बताएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार