होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिका ९ लाई फागुन ४ गते छाउगोठ मुक्त घोषणा गरिदै
देश/प्रदेश

बडीमालिका ९ लाई फागुन ४ गते छाउगोठ मुक्त घोषणा गरिदै

  • नागरिक रैबार
बडीमालिका ९ लाई फागुन ४ गते छाउगोठ मुक्त घोषणा गरिदै

रामबहादुर विक/बाजुरा २४ माघ। जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ लाई आउँदो फागुन ४ गते छाउपडी गोठमुक्त वडा घोषणा गरिने तयारी भएको छ ।

वडा भित्रका महिलाहरू छाउ भएको बेला परिवार संगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठ मुक्त वडा घोषणा गर्ने गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिए ।

शुक्रबार बडीमालिका ९ मा सर्वपक्षीय वैठक राखेर वडा भित्रका छाउपडी महिला र छाउगोठ गोठको अवस्था अध्ययनका लागि ३ वटा अनुगमन टोली खटाउने निर्णय समेत गरेको छ ।

विज्ञापन

जसमा वडा भित्र रहेका चौराटा, उखाडी र बडुवालबाडामा बडीमालिका नगरपालिकाकी नगरप्रमुखको संयोजकत्वमा वडा अध्यक्ष विनोद कुमार विक, गिफ्ट बाजुराका प्रवन्धक कृष्ण अधिकारी, नागरिक रैबारका कार्यकारी सम्पादक मदन वि.क., रेडियो बाजुराका रमित विक र दुईजना प्रहरीले अनुगमन गर्ने भएका छन् ।

त्यस्तै बाउली, रतुडा र झराउले बस्तीका लागि वडा सदस्य लालबहादुर नेपालीको संयोजकत्वमा सहास नेपालका परियोजना अधिकृत देसिन्द्र राई, रेडियो बार्जुका नन्दा थापा, रेडियो पौरखीका रामबहादुर विक र दुईजना प्रहरी अनुगनममा जाने भएका छन् ।

त्यस्तै वडा नं. ९ को बजार क्षेत्रमा वडा सदस्यको संयोजकत्वमा रासस प्रतिनिधि प्रेम रौले, नजिक न्युजका प्रमित विक, गैसस बाजुरा अध्यक्ष अग्नि शाही र दुईजना प्रहरी खटाईने बडीमालिका नगरपालिका ९ ले जनाएको छ ।

बडीमालिका नगरपालिका भित्रका ९ मध्ये ४ वटा वडाहरु यस अघि नै छाउगोठ मुक्त घोषणा भईसकेका छन् भने बाँकी ५ वटा वडाहरु यसै वर्षभित्र छाउगोठ मुक्त वडा घोषणा गर्ने तयारी भईरहेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार