होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकामा “एक घर, एक धारा” अभियान सूरु हुँदै
समाचार

बडीमालिकामा “एक घर, एक धारा” अभियान सूरु हुँदै

पहिलो चरण बडीमालिका ८ बाट सूरु

  • नागरिक रैबार
बडीमालिकामा “एक घर, एक धारा” अभियान सूरु हुँदै

नागरिक रैबार/बाजुरा २० माघ। बडीमालिका नगरपालिकामा “एक घर एक धारा” अभियान सूरु गरिने भएको छ । उक्त अभियान बडीमालिका नगरपालिकाको वडा नं. ८ बाट सूरु गरिन लागेकाे हाे ।

नगरपालिका भित्रको घरधुरीलाई स्वच्छ खानेपानीमा पहुँच बढाउन उक्त अभियान बडीमालिका नगरपालिकाले सूरु गर्न लागेकाे हाे । युनिसेफ नेपालको ५० प्रतिशत र बडीमालिका नगरपालिकाको ३० प्रतिशत र स्थानीय उपभोक्ताको २० प्रतिशत लागतको साझेदारीमा उक्त अभियान बडीमालिका ८ बाट सूरु हुने भएको हो ।

उक्त अभियान अन्तरगत वडा न ८ को थापा वाडा ६२, रापक ३३ र रापक कै जुकेनामा ३५ धारा गरी १३० वटा धारा १३ लाख ९८ हजार २८९ रुपैयाँमा निर्माण हुने बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । आफुहरु जनप्रतिनिधी हुनुभन्दा अगाडि निर्वाचनका बेला “एक घर एक धारा” को नारा लिएर जनतालाई सुनाएका थियौं । सोही अनुसारको काम हामी एकपछि अर्को गर्दै निरन्तर गरिरहेका छौं उनले भने ।यो अभियानको पहिलो चरणको काम यस वडाबाट सूरु गरिएपनि नगरपालिका भित्रका ९ वटै वडामा कार्यान्वन हुने गरि काम भईरहेको वडा अध्यक्ष रावलको भनाई छ ।

विज्ञापन

अभियान अन्तरगत जम्मा ५ सय ९० घरधुरी रहेको वडा न ८ मा अहिले १ सय ३० घरमा खानेपानी र स्वच्छता सहितको धारा निर्माण हुने unicef technical support गर्ने सब इन्जिनियर गोरख थापाले बताएका छन् । थापाका अनुसार अव बन्ने धारा १ मिटर २० सेन्टिमिटर उचाईका बन्ने र भाडा राख्ने चाङ समेत निर्माण हुनेछन् ।

खानेपानी तथा स्वच्छता नमूना नगरपालिका बनाउने महाअभियानमा नगरपालिकाले Unicef, Un Habitat, Suaahara / Tearfund लगायत संघसंस्था संग सहकार्य गरिरहेको नगर उप प्रमुख कविता विष्टले बताइन । जिल्ला सदरमुकामको खानेपानी समस्या समेत अव निकट भविष्य मै समाधान हुनेछ । जिल्ला अस्पताल क्वाटरमा निर्माण भएको खानेपानीको टंकीमा झारेर खुला मञ्चमा पाइप लाइन विस्तार सकिए पछी मार्तडीमा प्रयाप्त खानेपानी उपलब्ध गराउन सकिनेछ उपप्रमुख विष्टले बताईन् ।

वडा न १ र २ मा RVWRMP ले खानेपानी तथा पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरेको छ । सबै विकास साझेदारको सहकार्यमा स्वच्छ र सफा खानेपानीको व्यवस्था हाम्रै कार्यकालमा पूरा गर्ने गरी लागेका छौं । नगर प्रमुख पदम बडुवालले भने हामीले मार्तडीको बृहत खानेपानी, बडुवालबाडा, रापक नगाने, बाढी, जुकेना लगायतका खानेपानी र नया‘ बन्ने खानेपानीमा पनी मुहान, पानी भकारी, धारा र घरको घैलाको समेत गुणस्तर मापन प्रारम्भ भएको छ ।
नगरपालिका भरीका सबै योजनाको NWASH सफ्टवेयर मार्फत सूचना संकलन कार्य समेत सञ्चालन भै रहेको UNICEF का WASH FOCAL PERSON मोहन राज जैशीले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार