होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाल बिवाह अन्त्यका लागि सामुदायिक भेला
समाचार

बाल बिवाह अन्त्यका लागि सामुदायिक भेला

  • नागरिक रैबार
बाल बिवाह अन्त्यका लागि सामुदायिक भेला

रामबहादुर विक/बाजुरा १९ माघ। बाल बिबाह अन्त्यका लागि सामुदायिक भेला गरिएको छ । बडीमालिका नगरपालिका महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको सहयाेग र बडिमालिका नगरपालिका वडा न ९ को समन्वयमा उक्त भेलाकाे आयोजना गरिएको हाे ।

उक्त कार्यक्रममा जानकारी गराउदै जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दान बहादुर रोकायाले उमेर नपुग्दै बिबाह गरेमा हुने समस्या र बालविवाह गरेमा कानुनी कारवाहीकाे बारेमा जानकारी दिएका थिए । बालविवाह गरेमा शारीरिक , मानसिक असर स्वास्थ्यमा असर , शिक्षामा पनि बाधा पुग्ने भएकाले सहभागी सम्पुर्ण बाल बालिका , अभिवाबक , जनप्रतिनिधिलाई बालविवाह बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाले कुसंस्कार जातीय विभेदलाई पनि अन्त्य गर्न आग्रह गर्नु भएको छ । केटिको १८ बर्ष र केटाको २० बर्ष पूरा नभएमा तीन बर्ष कैद वा तीस हजार रुपैयाँ जरिवाना गरिने कानुनी व्यवस्था रहेको बताउनु भएकाे थियाे ।

महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकी बिन्दु बडालले आफ्नै घर परिवार बाट बाल बिबाह रोक्नु पर्ने बताउनु भयो । उमेर नपुग्दै बिबाह गरेपछि साररिक,मानसिक स्वास्थमा असर पर्ने हुदा यसमा सवैले सचेत रहन अाग्रह गर्नु भएकाे थियाे ।

विज्ञापन

Image may contain: 3 people, people sitting and indoor

बडीमालिका ९ का अध्यक्ष बिनोद बिककाे अध्यक्षतामा संचालन भएकाे उक्त कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दानबहादुर राेकाया रहनु भएकाे थियाे। कार्यक्रममा बडीमालिका ८ र ९ का विद्यार्थी अभिभावक, जनप्रतिनिधिहरूकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रम राेयल हाेटलमा संचालन गरिएको थियाे

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार