होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिप्रका बाजुराले गर्यो अनुसन्धान प्रतिवेदन सार्वजनिक
समाचार

जिप्रका बाजुराले गर्यो अनुसन्धान प्रतिवेदन सार्वजनिक

  • नागरिक रैबार
जिप्रका बाजुराले गर्यो अनुसन्धान प्रतिवेदन सार्वजनिक
नागरिक रैबार/बाजुरा १६ माघ। जिल्ला प्रहरी कार्यालय बाजुराले केही समय यता विभिन्न खाले ज्यान सम्बन्धीको घटनाको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका वीच सार्वजनिक गरेको छ ।
हालसम्म जिल्लामा विभिन्न तवरबाट घटित ज्यान सम्बन्धीका तीन वटा, आत्म हत्या तथा दुरुत्साहन र एक फुटकर ज्यान सम्बन्धीको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान गरेर सार्वजनिक गरेको हो ।
डिएसपी टंक प्रशाद भट्टराईले यस्ता खाले घटनाका बारेमा व्यापक जनचाँसोलाई मध्य नजर गर्दै प्रहरीको अनुसन्धानले देखाएको कुरा बाहिर ल्याएको बताएका छन् । हामी राष्ट्रसेवकले जनतालाई गुम्राहमा राखेर कुनैपनि काम गर्दैनौैँ र गर्नपनि हुदैन भन्ने मान्यता राख्र्छौ । तर, कतिपय गोपनियताका विषयहरु भने बाहिर सार्वजनिक गर्दैनौँ ।
घटना १, २०७६ साल मंसिर २१ गते वयालपाटा हस्पीटलमा बाजुराको त्रिविणी नपा ८ कि चन्द्रकला साँउदको मृत्यु भयो । मृतकका भाई केशव साउँदले ज्यान सम्बन्धी ÷ आत्महत्या दुरुत्साहनको मुद्दा दिएर त्रिविणी कै जनक अएडीलाई प्रतिवादी बनाए । भिनाजुको मानसिक तनावले दिदीको ज्यान गएको कारण हो भन्न सम्म भ्याए केशवले ।
प्रहरीको अनुसन्धानले प्रतिवादी जनक अयडीले चन्द्रकला साउँदलाई विष सेवन गरी मर्न बाध्य पारेको भनि प्रमाणित गरेर कानुन बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवानको माग दावी गर्यो । तर, जिल्ला अदालत बाजुराले निज प्रतिवादीलाई ५० हजार धरौटीमा छोडिदियो ।
घटना २
हिमाली गाउँपालिकाकी बास्मती भण्डारी धुलाचौरबाट हराएको वर्ष दिनपछि कर्णाली नदिमा मृत अवस्थामा फेला परिन् । मृतककी आमा बाजकली भण्डारीले अहिले तत्काल कसैप्रति शंका नभएको भन्दै प्रहरीमा ज्यान सम्बन्धीको जाहेरी दिईन् । तर, प्रहरीले निकै तिव्रताका साथ उनको मृत्युको विषयमा गहिरो अनुसन्धान गरि दोषीलाई कानुनी कटघेरामा उभ्याउँने डिएसपी भट्टराईले बताए ।
घटना ३
साप्पाटाका रत्ने वि.क फुटकर ज्यानमा परे । उनी  मार्तडी बजारबाट हराएको ९ महिना पछि बडीमालिका नगरपालिका वडा नं. ७ को कोशेडा जंगलमा मानव कंकाल, उनको मोवाईल र लगाएका कपडा भेटिए । रत्नेका बुबा र दाई गोरे लवारले आफ्नै भाइ भएको सनाखत कागज गरे । रत्ने की पत्नी घुघुरी लवारले मानसिक सन्तुलन गुमाई मेरेको हो भनिन् । शव प्ररिक्षण प्रतिवेदनमा अनडिटर माईन्ड लेखिएको छ ।
घटना ४
साप्पाटा कै गोरे लवारको पनि मार्तडीको हाटवजार सडक छेउमा मृत्यु भयो । उनी भाइ रत्ने लवारको मृत्युको घटनाको दोषीलाई कारवाहीको मागगर्दा गर्दै मानसिक सन्तुलन गुमाई मरे । जिल्ला अस्पताल बाजुराले डेट सर्टिफिकेटमा heart beat absent भन्ने शब्द उल्ले गरेको छ । शव प्ररिक्षण प्रतिवेदनमाintra pertionel organ injury Right kidney Laceration Dus to Biunttrauma abdomen .भने लेखेको छ ।
घटना ५
हराएको लगभग वर्षदिन पछि तेज बहादुर खड्का तेजु को बुढीनन्दाको लौरी विनाएक डुवाने खोलामा उनले प्रयोग गरेका लत्ता कपडा मोबाई प्रेश कार्ड लगाएतका सामान तथा निजको अवशेशको रुपमा हड्डी फेला पर्यो । शव उनको हो या होईन् भनि निज तेजुकी आमा मन्दरी देवी खड्काको शरीरको रगत र निज तेजुको हड्डीको डिएन ए परिक्षणका लागि काठमाण्डौैँ पठाएको तर डिएन ए रिर्पोट नआएको मोबाईल भने प्रहरी प्रधान कार्याल फोरेन्सीक ल्याव परिक्षणबाट निजले प्रयोग गरेको मावाईलमा तेजुका फोटा फेला परेको डिएसपी भट्टराईले जानकारी दिए ।
मुद्दा नं. ६० 
जंगवहादुर विष्ट यही मंसिर २८ गते मार्तडीको ठुली साँगुमा मृत फेला परे । जंगका काका भक्त बहादुर विष्टले मेरो भतिजो मरेको नभई मारिएको हुन सक्ने शंका गर्दै प्रहरीलाई अनुसन्धानका लागि ज्यान सम्बन्धीको जाहेरी दिए ।
निज जंग विष्टको मृत्युका बारेमा बाहिर अनेका खालका हल्लाहरु आए । कोही कसैले लास भिजेको थिएन् भने । प्रहरी प्रतिवेदनमा पुरै लास भिजेको थियो भनेको छ ।
यो हेनुुस् प्रतिवेदन
        यसरी आफू जिल्ला आएको छोटो अवधीमा भएका घटनाको अनुसन्धानमा निकै होमिएको बताएका छन् । प्रहरीले यस्ता घटनाको छानवीका लागि केही कसुर नराखी अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।
घटनाको प्रारम्भिक जानकारी दिनकै लागि मृतकका परिवार, पत्रकार, वकिल, डाक्टर र प्रजिअ गंगा प्रसाद न्यौपाने लगाएतका व्यक्तिहरुको रोहवरमा जिल्ला प्रशासनमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार