होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • सिडियो साव, कोल्टीतिर दुखै छन् हजुर !
बुढीनन्दा

सिडियो साव, कोल्टीतिर दुखै छन् हजुर !

  • नागरिक रैबार
सिडियो साव, कोल्टीतिर दुखै छन् हजुर !

नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो ।

आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख छ ।

नागरिक सेवा सरोकार समाज बाजुराले जिल्लाको कोल्टी भेगतिर विभिन्न समस्या भएको भन्दै जिल्ला प्रशासन बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन् ।

विज्ञापन

प्रजिअलाई ज्ञापन पत्र बुझाउँदै कोल्टीतिरका जनतालाई निकै दुख भएको कुरा नागरिक सेवा सरोकार समाज बाजुराका सहसंयोजक सर्पलाल गिरीले गुनासाे गरेका छन् ।

बाजुरा जिल्ला देशकै पुछारमा रहनुकाे एक कारण कोल्टी क्षेत्रपनि हो उहाँले भन्नु भयो । राज्यका कुनैपनि सेवासुविधाले त्यहाँका जनतालाई छोएको छैन् । आजको मितिमा त्यो क्षेत्रका जनता खोलाको पानी खान्छन् । विजुली छैन् । टेलिफोन छैन् । एकाईसौँ सताब्दीको युगमा आईपुग्दा पनि जनताहरु अन्धकारमा बस्नु निकै दुखद् कुरा भएको बताए ।

गाडी चडौँ ? सडक छैन् । गाडीवालाको मनपरि तन्त्र छ । उनीहरुले आफू खुशी गाडीभाडा लिन्छन् । राज्यले भाडादर एक तोक्छ, गाडीवाला अर्कै तोक्छन् । कोल्टीको विजुली विल काट्न मात्रै आउँछ । विजुलीको उज्यालो खोज्न टर्च लाउँनु पर्छ । जनप्रतिनिधी वेखर जस्तै छन् । जनसरोकारका विषयमा भन्दापनि आफ्ना कार्यकर्तालाई कसरी सुरक्षित गर्नेमा केन्द्रीत छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार