होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमकै पहिलो महिला पाईलट बन्दै बाजुराकी अमिसा कार्की
Breaking News

सुदूरपश्चिमकै पहिलो महिला पाईलट बन्दै बाजुराकी अमिसा कार्की

  • नागरिक रैबार
सुदूरपश्चिमकै पहिलो महिला पाईलट बन्दै बाजुराकी अमिसा कार्की

मदन विक/बाजुरा १५ चैत।सुदूरपश्चिम प्रदेशको पहिलो महिला पाईलटका रुपमा बाजुराकी २१ वर्षिया अमिसा कार्की बन्ने भएकि छन् । बुढीनन्दा नगरपालिका-७ स्थायी घर भएकि अमिसा अहिले साउथ अफ्रिकामा पाईलट कोर्ष अध्ययन गरिरहेकी छन् ।

पाईलट कोर्ष अध्ययनका लागि अमिसा गएको मंसिर महिनादेखि साउथ अफ्रिकामा ट्रेनिङ गरिरहेकी छन् । पाँच महिनादेखिको पाईलट कोर्षको ट्रेनिङ पश्चात उनले परिक्षणका रुपमा पहिलो उडान गर्न सफल भएकि छन् ।

अमिसा कार्की बाजुराको सदरमुकाम मार्तडीस्थित गैरीबजारमा रहेको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीकी जेठी छोरी हुन् । शैक्षिक क्षेत्रमा क्रियाशिल रहेका कार्कीले छोरीको पाईलट बन्न सपना पुरा हुन् लागेकोमा खुसी व्यक्त गरेका छन् ।

विज्ञापन

छोरीलाई राम्रो लगानी गरेर डाक्टर बनाउने ईच्छ्या थियो, तर छोरीले पाईटल बन्छु भनेपछि छोरीको पाईलट बन्ने इच्छ्या पुरा गर्न लागेको बुवा मिनबहादुर कार्कीले बताएका छन् । उनले भने छोरीको पाईलट कोर्ष पुरा गर्न १८ महिना लाग्ने भएको छ ।

अमिसाको १८ महिने पाईलट कोर्ष पुरा गर्नका लागि मात्रै करिव ८० लाख बढी लगानी लाग्ने भएको छ । साउथ अफ्रिकाको १८ महिने पाईलट कोर्ष अध्ययनपछि अमिसा नेपाल आएर लाईसेन्स परिक्षापछि को-पाईलट बन्ने र त्यसपछि पाईलट बनेर नेपालमा उडान गर्ने उनका बुवा मिनबहादुर कार्कीले बताए ।

समाजमा छोरीलाई पढाउनु हुन्न् भन्ने आम बुझाईलाई चिर्नकै लागि भएपनि छोरीका लागि लगानी गरेको अमिसाका बुवा मिनबहादुर कार्कीले बताए । उनी भन्छन् छोरीका लागि पनि छोरा सरह नै लगानी लगाउनु पर्छ,।

अमिसा क्रियटर जोन एकेडेमीबाट एसइई परिक्षा दिने पहिलो व्याजकी परिक्षार्थी हुन् । उनले एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याएर पास भएकी थिईन् । सानै देखि पढाईलाई नै पहिलो प्राथमिकता राखेर अगाडी बढेकी अमिसाको पाईलट बन्ने इच्छ्या पुरा हुन् लागेकोमा बाजुराबासी खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार