होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • पानी नचल्ने बाेलकाे गीत विमाेचन (भिडियाेसहित
बडीमालिका

पानी नचल्ने बाेलकाे गीत विमाेचन (भिडियाेसहित

  • नागरिक रैबार
पानी नचल्ने बाेलकाे गीत विमाेचन (भिडियाेसहित

नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ ।

बडीमालिका नगरपालिकाको आर्थिक सहयोग  र  बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे ।

गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर विमाेचन गरेका हुन् ।

विज्ञापन

चर्चित संगितकार विनाेद बाजुरालीकाे शब्द/संगित रहेकाे उक्त गीतले  जातीय भेदभाव तथा छुवाछुत र वर्तमान समाजकाे यथार्थ चित्रण गरेकाे भिडियाेमा चर्चित माेडेल अंजली अधिकारी र राजेश पायल विककाे मुख्य अभिनय देख्न सकिन्छ ।

सदियाैंदेखि अन्यायमा पारिएकाे दलित समुदायले भोगेका समस्याहरू गीतमार्फत वास्तबिक चित्रण गर्ने कोसिस गरिएकाे गीतका माेडेल राजेश पायल विकले बताएका छन् ।

गीतमा राजेन्द्र बाजुराली र पूर्णकला विसिकाे स्वर रहेकाे छ । गितकाे भिडियाे सुनिल विसि युट्युव च्यानलबाट सार्वजनिक भएकाे हाे । गितकाे भिडियाेलाई माैषम हिमालीले निर्देशन गरेका छन् भने छायांकन नवराज उप्रेती र सम्पादन मनाेज कार्किले गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार