होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहासको सहयोगमा विपन्न परिवारलाई धुवाँरहित चुलो
समाचार

सहासको सहयोगमा विपन्न परिवारलाई धुवाँरहित चुलो

  • नागरिक रैबार
सहासको सहयोगमा विपन्न परिवारलाई धुवाँरहित चुलो

रामबहादुर बिक/ बाजुुरा २० माघ । सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा न९ का २२ परिवार लाई धुँवा रहित चुलो वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपाल बाजुराको आर्थिक सहयोगमा धुवा रहित सुधारिएको फलामे चुलो वितरण गरिएको हो ।

विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २२ परिवार लाई चुलो वितरण गरेको हो सहास नेपाल लिप्ट परियोजनाका परियोजना अधिकृत देसिन्द्र राईले बताउनु भएको छ । विषेश गरि महिलाहरुको स्वास्थ्यमा असर नपरोस भन्ने उद्देश्यले धुवा रहित चुलो वितरण गरीएको उहाँले बताउनु भयो । सहास नेपालको ७५ प्रतिशत २५ प्रतिशत कृषकको लगानीमा चुलो वितरण गरेको बताईएको छ । साथै उहाँले चुलो वितरणपछि चुलो जडानका लागि सहास नेपालकै प्राविधिकहरुले सहयोग गर्ने बताएका थिए ।

चुलो वितरण कार्यक्रममा बाल्दै बडिमालिका नगरपालिकाका नगर उपप्रमुख कविता विष्टले ग्रामिण स्तरका महिलाहरुको दैनिक कार्यवोजमा कमि ल्याउन सहास नेपालले धुवाँ रहित चुलो वितरण गरेकोमा धन्यवाद व्यक्त गरेकि थिईन् । साथै उहाँले सहास नेपालले गरेको काम जस्तै अन्य संघ संस्थाले पनि गर्नु पर्ने बताउनु भएको छ । त्यस्तै विष्टले बडिमालिका नगरपालिकालाई धुवाँ रहित नगरपालिका बनाउन सवै संग समन्यय भईरहेको बताईन् ।
त्यस्तै बडिमालिका नगरपालिका वडा नं ९ का वडा अध्यक्ष विनोद कुमार बिकले भने चुलो पाईसकेपछि चुलोको सहि सदुपयोग गर्न आग्रह गरेका थिए । सहास नेपालले ग्रामिण भेगका विपन्न परिवारका महिलाहरुको कार्यवोझ कम गर्न र स्वास्थ्यमा सुधार ल्याउन सुधारिएको चुलो सहयोग गरेपछि स्थानीयहरु खुसी भएका थिए ।
सहास नेपाल विगत १० वर्ष देखि बाजुरा जिल्लाका विभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । पछिल्लो समयमा सहास नेपालको लिफ्ट परियोजना बडीमालिका नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार