होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुराका विद्यालयमा यसरी गरियो सरस्वतीको पूजा (तस्वीर सहित)
देश/प्रदेश

बाजुराका विद्यालयमा यसरी गरियो सरस्वतीको पूजा (तस्वीर सहित)

  • नागरिक रैबार
बाजुराका विद्यालयमा यसरी गरियो सरस्वतीको पूजा (तस्वीर सहित)
नागरिक रैबार/बाजुरा १६ माघ। सदरमुकाम मार्तडीस्थित रहेका विद्यालयहरुले आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी भव्य रुपमा मनाएका छन् ।
सदरमुकाममा रहेको मालिका नमुना मावि, क्रियटर जोन एकेडेमी, कन्वर्स एकेडेमी, बडीमालिका बोडिङ्ग स्कुल, बालमन्दिर आधारभुत विद्यालय र समता स्कुलले विहिबार विहानैबाट विद्यालय परिसर भित्र रहेका मन्दिरमा सरस्वतिको पुजाआराधना गरि मनाएका हुन् ।
हरेक वर्ष माघ शुक्लपञ्चमीका दिन श्रीपञ्चमी मनाउने गरिन्छ । वसन्त पञ्चमीका दिन आज देशभरीका सरस्वती मन्दिरमा गई देवी सरस्वतीको पूजाआराधना गरी विद्या र वुद्धिको लागि कामना गरिने प्रचलन रही आएको छ ।
सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वासका साथ बाजुरा सदरमुकाम मार्तडीमा रहेका विद्यालयहरुमा पनि सरस्वतीको पुजा आराधना गरिएको मालिका माविका प्राचार्य शुभराज पाध्यायले बताएका छन् ।
हिन्दू धर्मावलम्बीको धार्मिकग्रन्थ पुराणमा उल्लेख भए अनुसार माघ शुक्ल पञ्चमी तिथिका दिन ब्रह्माले सृष्टिमा देवी सरस्वतीलाई आह्वान गरेपछि सरस्वती अवतरित भएको विश्वास गरिन्छ ।
विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।  आजका दिन विद्यार्थी, कर्मचारीका साथै कलमजीवीले यस पर्वलाई उत्सवको रुपमा मनाउने गर्छन् । शिशुको अन्नप्रासनसमेत विधिपूर्वक गराइन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार