होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भाइरल ज्वरोले लियो दुई जनाको ज्यान
समाचार

भाइरल ज्वरोले लियो दुई जनाको ज्यान

  • नागरिक रैबार
भाइरल ज्वरोले लियो दुई जनाको ज्यान
साँकेतिक तस्वीर

रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् ।

ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान मृत्यु भएकाे जनाइएको छ । गाउँभरी नै अहिले भाईरल ज्वरोको सक्रमण बढेपछि भाईरल ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन भईसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

गाउँका स्थानीयहरुलाई अहिले भाईरल ज्वरोले सताएको छ । जसका कारण स्थानीयहरुको स्वास्थ्य चेकजाँच र औसधोपचार गर्नका लागि घण्टौ लामो दुरी पैदल यात्रा गरेर प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरु परिचालन गरिएको जिल्ला अस्पताल बाजुराले जानकारी दिएको छ ।

विज्ञापन

भाइरल ज्वरोका कारण स्वामीकार्तिक खापर गाउँपालिका १ साप्पाटाको पुरै गाउँ प्रभावित बनेको छ । दुई जनाको ज्याननै जाने गरि फैलिएको भाईरल ज्वरोका कारण अहिले पुरै गाउँ आतंकित बनेको छ ।

गाउँमा अत्याधिक चिसो बढेका कारण स्थानीयहरुमा रुघाखोकी ज्वरो, टाउको दुख्ने लगायतका समस्या उत्पन्न हुन सक्ने भएकाले यसबाट बच्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार