होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं
बाजुरा बिशेष

बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं

  • नागरिक रैबार
बालविवाहको अन्त्य गर्न सक्रिय भएर लाग्छौं

नागरिक रैबार/बाजुरा २२ माघ। बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् ।

बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका ८ को समन्वय र बडीमालिका नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाको सहयोगमा बुधबार बाजुरा क्याम्पसमा एक औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सहभागि भएका बडीमालिका ८ का अधिकाँस सहभागी अभिभावकहरुले आगामी दिनमा वडा भित्र कुनै पनि बालवालिकालाई उमेर नपुगि बालविवाह गर्न नदिने बताएका थिए ।

विज्ञापन

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानबहादुर रोकायाले समाजमा वालविबाह गर्दा खेरी हुने समस्या र चुनौति, उमेर नपुगि विवाह गर्दा सरकारको कानुनी व्यवस्था बारे जानकारी दिएका थिए ।

त्यस्तै कार्यक्रममा बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले समाजमा बालवालिका प्रति अभिभावकको भुमिमा के हो र बालक को हुन् भन्ने कुरा प्रष्ट बुझ्न जरुरी रहेको बताएका थिए ।

उनले १८ वर्षमुनिका बालवालिका र बालबालिकालाई अभिभावकले नियमित समय नदिनाले पछिल्लो समयमा बालविवाह बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । आगामी दिनमा वडाका अभिभावकहरुले नै बालविवाह रोक्नमा सक्रिय भएर लाग्न वडा अध्यक्ष रावलले आग्रह गरेका थिए ।

बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा बालविवाह र छाउपडी प्रथा अन्त्य गर्नका लागि प्रत्येक वडाका अभिभावकहरुलाई छाउपडी कुप्रथा र बालविवाह बारे जनचेतना फैलाउन विभिन्न सन्देशमुलक कार्यक्रमहरु संचालन गरिरहेको महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाकी विन्दु बडालले जानकारी दिएकि थिईन् ।

बाजुरा क्याम्पस बाजुराको प्राङ्गणमा संचालन भएको उक्त कार्यक्रममा वडा भित्रका ८० वढी अभिभावकहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि