होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजारको अनुगमन
समाचार

मार्तडी बजारको अनुगमन

  • नागरिक रैबार
मार्तडी बजारको अनुगमन

नागरिक रैबार/बाजुरा १४ माघ। सदरमुकाम मार्तडी बजारको विहिवार विहान अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा प्रशासन, प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ पत्रकार लगायतको टोलीले मार्तडीको दुनीहाटबजारमा रहेका १५ बढी पसलहरुको अनुगमन गरेको हो ।

मार्तडी बजारका व्यापारीहरुले आफ्नो पसलमा मुल्य सुचि नै नराखेर व्यापार गर्दै आईरहेको र अस्वभाविक रूपमा खाद्यवस्तुको मुल्य वृद्धि गरेको जनगुनासो आएसँगै बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडीस्थित दुनीहाटबजारको अनुगमन गरेको बताएको छ ।

अनुगमनका लागि खटिएको टोलीले बजारमा रहेका व्यापारीहरुका पसलहरुमा मुल्य सुचि, पसल दर्ता, पसलको नविकरण प्रत्रिया, दैनिक विक्रि गर्दै आएको खाद्य वस्तुको उत्पादन मिति र सकिने मिति बारे जानकारी लिएको छ ।

विज्ञापन

साथै अनुगमन टोलीले कारागार देखि जिउला वसपार्क सम्मको सडकमा जथाभावी बनाएका टहराहरु र सडकमै पार्किङ्ग गरिएका गाडीहरुलाई जथाभावी सडककमा पार्किङ्ग नगर्न आग्रह गरेको थियो ।

भोली बजार बन्द गरिने 

मार्तडी बजार व्यवस्थापन समितिले भोली १५ गते बजार बन्द गर्ने भएको छ । मार्तडी बजार व्यवस्थापन समितिले प्रत्येक महिनाको १५ गते बजारको सरसफाई गर्दै आएको छ । भोली बजार पुरै बन्द गरेर मार्तडीको दुनीहाटबजार देखी कारागार यरिया, मार्तडीको माथिल्लो बजारको सरसफाई गर्ने बजार व्यवस्थापन समितिले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार