होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो किताब जलाएको प्रमुख प्रतिपक्षी दल कांग्रैस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाईएको बैठक पनि स्थगीत गरिएको हो। प्रदेशसभा सचिवालयले सूचना टास गर्दै सभामुखको आदेश अनुसार अर्को बैठक आउँदो असार ११ गते […]
संघीय सरकारले स्थानीय तहरुलाई असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्रअनुसार असार १० बजेभित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै संघीय […]
नेकपाको सचिवालय बैठक एजेन्डामै प्रवेश नगरी स्थगन भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफ्नो युरोप भ्रमणबारे ब्रिफिङ मात्रै गरेका थिए । वरिष्ठ नेता झलनाथ खनालका अनुसार अध्यक्ष ओलीले भ्रमणबारे, अर्का अध्यक्ष प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे बैठकलाई जानकारी गराएका थिए । गत २१, २२ र २३ जेठमा बसेको सचिवालय […]
नहकुल जोशी/ बाजुरा ७ असार । बाजुराको हिमाली गाउँपालिकाको कवाडी देखि स्वामीकार्तिक खापर गाउँपालिकाको सुइजिउला सम्म ¥याफ्टीङ सचालनका लागि सम्भाव्यताको अध्ययनसँगै अनुगमन गरिएको छ । नेपाल पर्यटन विभाग ¥याफ्टीङ शाखाका जल विज्ञ रचना प्रधान, पर्यटन प्रहरी विभागकी रविना थापा नेपाल एसोसिएसन अफ ¥याफ्टीङ एजेन्सी नाराका प्रतिनिधि ज्ञानेन्द्र गौतम सहितको टोलीेले साे ठाउँमा शनिबार ¥याफ्टीङ सचालनका […]
रमित बिक/ बाजुरा ७ असार । जिल्लामा पहिलो पटक स्पिकिङ्ग आईडल २०१९ सञ्चालन हुने भएको छ । जिल्लामा रहेका बालबालिकाको क्षमता र प्रतिभाको पहिचान गरी नौ वटै स्थानीय तहका प्रत्येक बिद्यालय बिद्यालयमा पुगी १९ बर्ष मुनीका बालबालिकाहरुलाई उतm आईडलमा छनोट गरिने भएको छ । लियो क्लव महाकाली कलासिक कञ्चनपूरको आयोजनामा स्पकिङ्ग आईडल २०१९ सञ्चालन हुने […]
काठमाडौं ७ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि मापदण्डबारे सहमति हुन सकेको थिएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली मन्त्री तथा सांसदलाई पनि जिल्ला इञ्चार्ज बनाउने […]
रमित विक/बाजुरा ६ असार । जिल्लाको गौमुल गाउँपालिका–१ अन्द्राडीमा परिक्षणको लागि रोपिएका स्याउहरु फल्न थालेका छन् । गत चैत २४ गते परिक्षणका लागि रोपिएका स्याउ फल्न थालेका हुन् । गाउँपालिकाले एग्रो मनाङ्ग प्रालि मनाङ्गबाट स्याउका बोटहरु खरिद गरेर अन्द्राडीमा रोपेको थियो । गाउँपालिकाको भुगोल सुहाउँदो ठाउँमा स्याउँका बोटहरु रोपेर परिक्षण गरे पश्चात अन्द्राडीमा स्याउ फल्न […]
मदन विक/बाजुरा ६ असार। स्वामीकार्तिक खापर गाउँपालिका वडा नं. ३ का १४ वर्षिया भिजन परियार एक सामान्य परिवारमा जन्मेका विद्यार्थी हुन् । उनलाई राम्रो विद्यालयमा पढाउने भन्दै घरपरिवारले जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडीमालिका बोर्डिङ्ग स्कुलमा भर्ना गरिदिए । उनले बोर्डिङ्गमा नर्सरी देखि कक्षा ७ सम्म अध्ययन गरे । उनी कक्षामा पनि राम्रै स्थान ल्याएर उत्तिण […]
नागरिक रैबार/ बाजुरा ६ असार । जिल्ला सदरमुकाम मार्तडीमा मदिरा सेवन गरेर गाडी चलाइरहेको अबस्थामा एक जना ड्राइभर पक्राउ परेका छन् । बिहिबार साझँ मार्तडीबाट सवार रहेको जीपको ड्राइभरले मदिरा सेवन गरी अगाडी गुडीरहेकाे से १ ज १ हजार ६४ नम्मरकाे गाडीलाइ ठक्कर दिएकाे बताएकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ । बिहबार साझँ मदिरा […]
नागरिक रैबार/ बाजुरा ४ असार। बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
काठमाडौं ४ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसद लालबहादुर थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको राजीनामा माग गरेका छन्। मन्त्रालयको बजेट विनियोजन तथा योजना वितरणमा मन्त्री महासेठले आफ्नो जिल्ला धनुषालाई मात्रै प्राथमिकता दिएको भन्दै मन्त्रीलाई अनुशासनको कारबाही गर्नुपर्ने पनि प्रस्ताव गरेका छन्। मन्त्रीले योजना माग्दा हप्काएको भन्दै सांसद थापाले संसदमा आक्रोश पोखे। उनले […]
रामबहादुर विक/बाजुरा ४ असार । बाजुराको सदरमुकाम मार्तडीमा विगत दुई महिनादेखि खानेपानीको अभाव भएपछि बडीमालिकाका नगरबासीहरुले बुधबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । जिल्लाको सदरमुकाम जस्तो ठाउँमा २ महिना देखि खानेपानी अभाव हु्ँदा समेत नगरपालिकाले कुनै चासो नदेखाएको भन्दै नगरबासीहरुले नगरपालिकामा तालबन्दी गरेका हुन् । बुधबार नगरबासीहरुद्धारा खानेपानीका, भाडा, वर्तन, पाईपलाईन सहित बजार परिक्रमा गर्दै […]
रमित विक/ बाजुरा ३ असार । सुख्खा याम संगै सदरमुकामा मार्तडीमा खानेपानीको अभाव भएको छ । विगतदेखि खानेपानी समस्या झेल्दै आएका सदरमुकाम बासी फेरि पनि समस्या भोग्न बाध्य बनेका छन् । विगत दुई महिनादेखि खानेपानीको सङ्कट बढ्दै गएको छ । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारबासी काकाकूल बन्दै गएका छन् । बडीमालिका नगरपालिकाले […]
हुम्लाको खार्पुनाथमा मंगलबार बिहान कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन्। हुम्लाको खार्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीप कर्णाली नदीमा बेपत्ता भएकोे जीपको खोजी कार्य भइरहेको जानकारी दिए। उक्त […]
वीरेन्द्रनगर ३ असार। कर्णाली प्रदेश सरकारले आईतबार संसदमा प्रस्तुत गरेको बजेटप्रति मिश्रित धारणा व्यक्त भइरहेका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको बजेट समग्रमा विगतको भन्दा सुधारिएर ल्याएको प्रतिक्रिया पनि स्थानीय सरकार तथा प्रदेश सांसदबाट आएका छन् । चालु आवमा स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ४० करोड मात्रै उपलब्ध गराईएकोमा आगामी आवको बजेटमा […]
नागरिक रैबार/ बाजुरा २ असार । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शनिबासरीय परीक्षा लिदै आएको छ । कक्षा १० मा अध्ययनरत १ सय ८० जना विद्याथीहरुलाई प्रत्येक हप्ताको शनिबार विभिन्न विषयको परीक्षा लिदै आएको हो । मालिका माविले २०७४ सालबाट कक्षा १० का […]
धर्मराज सुनार/बाजुरा २ असार। बुढीनन्दा नगरपालिकाको कोल्टीमा मुक्त हलियाको वर्तमान अवस्था र समस्याका बारेमा नगरपालिका भित्रका सरोकारवाला निकाय वीच छलफल गरिएको छ । मुक्त हलियाको न्यायिक पुर्नस्थापन हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार भन्ने मुल नाराका साथ छलफल कार्यक्रम कोल्टीमा गरिएको हो । स्थानीय तह र सरोकारवालालाइ हलियाको सवालमा साझा बुझाइ गराउने […]
वीरेन्द्रनगर २ असार । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड […]
रामबहादुर विक/ बाजुरा २ असार । सदरमुकाम मार्तडीमा सोमबार विहान ट्याक्टर दुर्घटना भएको छ । बाहुली खोलाबाट ढुङ्गा ल्याएर सदरमुकाम मार्तडीबजार आउँदै गरेको से १ त १०४२ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । सहरी विकासको आर्थिक सहयोगमा र पुस्प रोकायाको ठेक्कामा निर्माण हुन लागेको भम्कीचौरदेखि खुलामंच सम्मको उक्त सडक खण्डमा पर्ने थापाबाडा नजिकै ट्याक्टर दुर्घटना […]
मदन विक / बाजुरा १ असार । बाजुराको बडीमालिका नगरपालिका १ सल्लेनाका १ सय ७ घरधुरीले बत्ती बाल्न नपाएको वर्षौ भएको छ । सल्लेनाबासीले अँझैपनि सल्लाको झरो बालेर रात विताउन बाध्य भएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिका १ सल्लेनामा अहिले सम्म विद्युतको व्यवस्था हुन सकेको छैन् । नेपाल विद्युत प्राधिकरणले जिल्लाको सदरमुकाम […]