होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
समाज

सिमीको बजारीकरण गरिदै

अव उपभोक्ताले सस्तोमा सिमी पाउने

  • नागरिक रैबार
सिमीको बजारीकरण गरिदै

 नागरिक रैबार/ बाजुरा २९ माघ।  कृषि ज्ञान केन्द्र बाजुराले बाजुरामा आलु, कोदो र स्याउपछि अव सिमीको बजारीकरण गर्ने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको कृषि उपजलाई वजारीकरणमा महत्वपुर्ण सहयोग गरिरहेको छ ।

सोही अनुसार यस अघि कृषि ज्ञान केन्द्र बाजुराले बाजुराको अग्रानिक स्याउको वजारीकरण, आलु महोत्सव मार्फत अर्गानिक आलुको बजारीकरण लगायत बाजुरामा उत्पादित रैथाने वालीहरु मकै कोदो चिनो कागुनो फापर लगायतका कृषि उपजहरुलाई देशका विभिन्न शहरमा पुर्याएर बाजुराको पहिचान सँगै यहाँको उत्पादन विक्रिवाट कृषकको आयआर्जनमा वृद्धि गर्ने गरी निरन्तर रुपमा पहल तथा प्रयास गरिरहेको छ ।

कृषि उपजको वजारीकरण गर्ने अभियान अन्तरगत कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र गौमुल गाउँपालीका कृषि विकास शाखाको प्याकेजिङ्ग सहयोग र सहकार्यमा समुह तथा सहकारी मार्फत गौमुल गाउँपाललीकामा उत्पादित ६५ कुईन्टल र वाजुराको माथिल्लो क्षेत्रमा उत्पादित १० कुईन्टल गरी ७५ कुईन्टल अर्गा्निक सिमी बाजुरा कोसेलीघर मार्फत मार्तडी सदरमुकाम लगायत देशका प्रमुख शहरहरुमा विक्रि गर्ने गरी वजारीकरण गर्न लागिएको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।

विज्ञापन

यस भन्दा अगाडी उपभोक्ताले मार्तडीमा सिमीको प्रति के जी रु १८० देखि २०० तिर्नु परेको अवस्थामा सिमीको वजारीकरण र उपभोक्ताको हितलाई अधिकतम ध्यान दिदै सुपथ मुल्यमा सिमी विक्रि गर्न लागिएको छ । यस वर्ष वाजुरा कोसेली घर मार्फत विक्रि हुने सिमी प्रति के जी थोक मुल्य रु १५० र खुद्रा मुल्य रु १५५ कायम गरिएको छ यो मुल्य वजारको तुलनामा प्रति के जी ३० देखि ५० रुपैया सम्म सस्तो हो ।

बाजुराको सिमी उच्च हिमाली क्षेत्रमा उत्पादन गरिएको अर्गा्निक सिमी हो भने यो खानमा अति नै मिठो, छिटो पाक्ने, लामो सम्म भण्डारण गर्न सकिने र पौष्टिकताका हिसावले पनि प्रोटिनको मात्रा लगायत अन्य तत्वहरु उच्चरहेको कारण विगत देखीनै उपभोक्ताको रुचिमा पर्दै आएको र खोजि खोजि खाने अवस्थामा यस वर्ष प्रति के जि ५० रुपैया सम्म सस्तो पाउने भएपछि उपभोक्ताहरुले सिमी वजारीकरणका लागि भएको प्रयासका लागि खुसी व्यक्त गरेका छन् ।

वाजुरा अभाव र गरिवीको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने भनाईलाई काम मार्फत पुष्टि गर्दै जाने क्रममा यो एउटा अर्को प्रयास कृषि ज्ञान केन्द्र वाजुरा मार्फत अगाडी वढाईएको छ ।

“रैथाने वालीको संरक्षण प्रवर्द्धन र विस्तार वाजुराको खाद्य पोषण सुरक्षा र कृषकको आम्दानीको आधार ” भन्ने मुल नारालाई सार्थक वनाउन कृषि ज्ञान केन्द्र बाजुराले आफ्ना कार्यक्रमहरु संचालन गरिरहेको अवस्था छ भने कृषि ज्ञान केन्द्र वाजुरा मार्फत अभियानकारुपमा रुपमा संचालन भईरहेका जंगली मेलमा नास्पाती कलमी अभियान, साँफे मार्तडी सडक खण्डमा उखु र केरा खेती विस्तार अभियान, स्याउको वजारीकरण अभियान, शुदुरपश्चिम प्रदेशको पहिलो आलु महोत्सव मार्फत आलुको वजारीकरण अभियान लगायतका कृषकहरुलाई दिईने सेवा प्रसंसायोग्य छन् यसले वाजुराका किसानहरुलाई निकै नै उत्साहित वनाएको अवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार