होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला स्तरीय बक्तृत्वकलामा प्रथम भए नेपाली
समाचार

जिल्ला स्तरीय बक्तृत्वकलामा प्रथम भए नेपाली

  • नागरिक रैबार
जिल्ला स्तरीय बक्तृत्वकलामा प्रथम भए नेपाली

नागरिक रैबार/बाजुरा २८ माघ। जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।मंगलबार बडीमालिका नगरपालिकाको आयोजना र युवा परिषद् सानोठिमी भक्तपुरको सहयोगमा “शिक्षाको रुपान्तरणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा नेपाली प्रथम भएका हुन् ।

Image may contain: 12 people, including Prem Pun, Rangamal Bk, Nar Rawat, Budhiganga Municipality, Prem Nepali and Kabita Bist, people smiling, people standing and indoor

प्रतियोगितामा प्रथम भएका नेपालीले ५ हजार पाँच सय नगद सहित प्रमाण पत्र पाएका छन् । त्यस्तै प्रतियोगीतामा बडीमालिका ६ का मनबहादुर खड्का द्धित्तिय र स्वामीकार्तिक खापर गाउँपलिका २ का अर्जुन नेपाली तृत्तिय भएका हुन् । द्धित्तिय भएका खड्कालाई ३ हजार ३ सय ३३ र तृत्तिय भएका नेपालीलाई २ हजार २ सय २२ रुपैयाँ नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

विज्ञापन

Image may contain: 4 people, people standing and indoor

प्रतियोगितामा बाजुरा जिल्ला भरका १२ जना सहभागी भएका थिए प्र्रतियोगीताको मूल्याङ्कन बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रङ्गमल वि.क, बाजुरा क्याम्पसका प्राध्यापक रुपक रौले र प्राध्यापक रमेश थापाले गरेका थिए ।

Image may contain: 3 people, including Budhiganga Municipality and Kabita Bist, people standing and indoor

बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको उक्त प्रतियोगिताको प्रमुख अतिथि राष्ट्रीय सभा सदस्य माननीय. बद्री प्रसाद पाण्डे रहेका थिए भने कार्यक्रम सञ्चालन बडीमालिका नगरपालिकाका कर्मचारी वीरबहादुर विष्टले गरेका थिए ।

जिल्ला स्तरको उक्त प्रतियोगीताबाट प्रथम भएका बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रदेश स्तरको प्रतियोगितामा समावेश गराईने बडीमालिका नगरपालिकाले जनाएको छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार