होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुवइमा हत्या भएका नेपालीको शव घरमा लगियो
समाचार

दुवइमा हत्या भएका नेपालीको शव घरमा लगियो

  • नागरिक रैबार
दुवइमा हत्या भएका नेपालीको शव घरमा लगियो

नागरिक रैबार/बाजुरा २८ माघ। २ महिना अघि दुवईम हत्या भएका हिमाली गाउँपालिका ७ का पुर्णविर नेपालीको शव घरमा लगिएको छ ।
दुवईमा हत्या भएको दुई महिना पछि नेपालीको सोमबार साँझ बाकसमा शव ल्याएर जिल्ला अस्पताल बाजुरामा रखिएको थियो । नेपालीको गत पौष ३ गते दुवईमा हत्या भएको थियो ।

घरपरिवारको गुजरा चलाउनका लागि २०७५ साल जेठ महिनामा दुवइमा काम गर्न गएका थिए । दुवइमा कमाउन गएका नेपालीको करिव १८ महिनापछि बाकसमा शव आएपछि उनको परिवार शोकमा डुवेको छ । मृतक नेपालीकि दिदी बसन्ती नेपालीले भनिन, ‘पैशा कमाएर परिवार पालिरहेका भाईको दुवइमा हत्या भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन् ।

हत्या भएका नेपाली डेल्टा प्रालि म्यानपावर मार्फत दुबैई चाईना डेस्टाट कम्पनीमा काम गर्दै आएका थिए ।पुर्णविर कम्पनीले दिएको कोठामा बस्दै आएका थिए । राती शौचालय जाने क्रममा उनको हत्या भएको उनी सँगै एउटै कम्पनीमा काम गरिरहेका हिमालीकै रामलाल बिकले बताएका थिए ।

विज्ञापन

उनको हत्याको आशंकामा बाजुराको हिमाली गाउँपालिका ७ बस्ने मोहनलाल बिक, सोही वडाका ललिजगं शाही र वडा नम्वर ६ बस्ने गणेश नेपालीलाई दुवई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ । नेपालीको शव जिल्ला अस्पतालमा राखिएको थियो । मंगलबार दिउसो उनकै घर हिमाली गाउँपालिका ७ बाँधु लगिएको छ । नेपालीको बुधबार हिन्दुपरम्परा अनुसार पिलुचौरमा दाहसंस्कार गरिने आफन्तहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार