होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • एमाले छाडेका प्रकाश शाह बने नेकपाबाट प्रतिनिधि सभाकाे उम्मेदवार
Breaking News

एमाले छाडेका प्रकाश शाह बने नेकपाबाट प्रतिनिधि सभाकाे उम्मेदवार

  • नागरिक रैबार
[sharethis-inline-buttons]
एमाले छाडेका प्रकाश शाह बने नेकपाबाट प्रतिनिधि सभाकाे उम्मेदवार

नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाहलाई बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ ।

शाहलाई बाजुराकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लड्नका लागि एकल नाम सर्वसम्मत सिफारिस गरिएको हो । उनले केहि महिना अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ अग्रसर’ भएको भन्दै पार्टी परित्याग गरेका थिए । उनी भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका थिए ।
अघिल्लो प्रदेशसभा कार्यकालमा बाजुराबाट निर्वाचित भएका शाह एमाले सुदूरपश्चिमका संसदीय दलको नेता थिए । उनले चार वर्ष आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व गरेका थिए ।

यस्तै बाजुराबाट नेकपाले समानुपातिकतर्फ हिक्मतजंग शाही, सन्जय कटेल र बिनिता बिकको नाम सिफारिस गरेको छ । शाही पिछडिएकाे क्षेत्र, बिकलाई दलित महिला तथा कटेललाई अपाङ्गता क्लस्टरमा सिफारिस गरिएको हो । अजबहादुर मल्लको नाम राष्ट्रियसभा निर्वाचनका लागि सिफारिस गरिएको छ ।


विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै