होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बसपार्क संचालनमा ल्याईदै
समाचार

बाजुरा बसपार्क संचालनमा ल्याईदै

  • नागरिक रैबार
बाजुरा बसपार्क संचालनमा ल्याईदै

नागरिक रैबार/बाजुरा २७ माघ। बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको एकमात्र बसपार्क संचालनमा ल्याईने भएको छ । २०७३ साल असोज १२ गते बाट बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाटै नियमित वससेवा सूरु भएपनि उचित वषपार्क नुहँदा वस व्यवसायीहरुले बसहरु सडकको छेउमै राख्दै आएका थिए ।

सदरमुकाम मार्तडीबाटै बससेवा सूरु भएको करिव ४ वर्ष पुग्न लागेको छ । तर उचित समयमा बसपार्क निर्माण नहुदा जिल्लामा संचालित साना तथा ठुला सवारी साधनहरु सडक छेउमै व्यवस्थापन गरिदै आएका थिए । सदरमुकाम मार्तडी बजार जिल्लाकै मुख्य व्यापारीक केन्द्र हो । यस अघि बसहरुलाई नेपाल टेलिकम र जिल्ला कारगार शाखा नजिकैको सडकमा गाडी पार्किङ्ग गरिदै आएका थिए ।

विज्ञापन

सोमबार विहान बडीमालिका नगरपालिका ९ स्थित जिउलामा निर्माण गरिएको बसपार्कमा विभिन्न वस व्यवसायी समितिका ६ वटा बसहरु लिएर वसपार्क बाटै बसहरु नियमित संचालनमा ल्याउने तयारी गरिएको बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन् । होटल डिआर मष्ट देखि बसपार्क सम्मको सडक र बसपार्कलाइ एकदुई दिनमै व्यवस्थित बनाएर बसहरु वसपार्क बाटै नियमित संंचालनमा ल्याईने नगरप्रमुख बडुवालको भनाई छ ।

गाडीहरु बाटोमै पार्किङ गरेर राख्दा बाटोमा पैदल यात्रा गर्ने मानिसहरुलाई पनि समस्या हुने बिशेष गरी बालबालिका बढी जोखिम्मा पर्ने भएकाले नै बसहरुलाई बसपार्कबाटै नियमित संचालन गर्न लागिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी टंकप्रसाद भट्टराईले जानकारी दिए ।
बडीमालिका नगरपालिकाले वडा नं ९ मा पर्ने जिउला बसपार्क निर्माणका लागि अहिलेसम्म करोडौ रकम खर्च गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार