होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मालिका नमुना माविको अवलोकन गर्न डोटीका विद्यार्थी मार्तडीमा
समाचार

मालिका नमुना माविको अवलोकन गर्न डोटीका विद्यार्थी मार्तडीमा

  • नागरिक रैबार
मालिका नमुना माविको अवलोकन गर्न डोटीका विद्यार्थी मार्तडीमा

नागरिक रैबार/बाजुरा २७ माघ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयकोे अवलोकन गर्नका लागि छिमेकी जिल्ला डोटीको पुर्वीचौकी गाउँपालिकास्थित सरस्वति मावि साना गाउँका विद्यार्थी मार्तडीमा आएका छन् ।

आइतबार सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयको शैक्षिक अवस्था अवलोकन र विद्यालय संचालनको बारेमा अवलोकन गर्न छिमेकी जिल्ला डोटीको सरस्वति माद्यमिक विद्यालयका विव्यस अध्यक्ष सहित प्राचार्य र विद्यार्थी, सहित ४० जनाको टोली मार्तडीमा आएको मालिका नमुना माविका निमित्त प्राचार्य विष्णु पाण्डेले बताएका छन् ।

विज्ञापन

डोटीको उक्त विद्यालयबाट मालिका नमुना माविको अवलोकनमा आएका विव्यस अध्यक्ष लक्ष्मीराम कुँवर, विद्यालयका प्राचार्य उद्धवबहादुर खड्का सहित ४० जना विद्यार्थीहरुको टोलीले मालिका नुमना माविको ईसिडी कक्षा, कम्प्युटर ल्याप, विज्ञान प्रयोगशाला, प्राविधिक कक्ष, पुस्कालय, विद्यालयको भौतिक संरचना विद्यालयमामा कर्मचारीको व्यवस्थापन, विव्यसको विद्यालयप्रतिको भुमिका, र विद्यालयमा सिसि क्यामरा, र इ–हाँजिरीको समेत अवलोकन गरेका थिए ।

मालिका नमुना माविको अवलोकन पछि सरस्वति मावि डोटीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीराम कुँवरले आफुहरुलाई यस विद्यालयको अवलोकनले धेरै कुरामा सिकाई भएको बताएका थिए ।

त्यस्तै सरस्वति मावि डोटीका प्राचार्य उद्धव बहादुर खड्काले सुदूरपश्चिमकै नमुना विद्यालयका रुपमा रहेको मालिका मावि डोटीको सानागाउँबाट नजिकै भएकाले आफुहरु एकदिने शैक्षिक भ्रमणका लागि बाजुरा आएको बताएका थिए ।

अवलोकनमा मालिका माविमा आएका सरस्वति माविका डोटीका विद्यार्थी, प्राचार्य र विव्यस अध्यक्षको टोलीलाई मालिका माविका निः प्राचार्य विष्णु पाण्डे र शिक्षक उत्तमराज जोशीले विद्यालयको समग्र शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार