होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङका जनता हेलिकप्टरको आशमा आकाश हेर्दैछन्– माननीय विक
समाचार

बझाङका जनता हेलिकप्टरको आशमा आकाश हेर्दैछन्– माननीय विक

खाद्यन्नको चरम अभाव

  • नागरिक रैबार
बझाङका जनता हेलिकप्टरको आशमा आकाश हेर्दैछन्– माननीय विक

नागरिक रैबार/बाजुरा २८ माघ। बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय आशा विकले खाद्यान्न संकट भएको बझाङको साईपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै माननीय सदस्य विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन् ।

बाटोमा ६ फिट बाक्लो हिउँ जमेकाले हेलिकप्टर बाहेक अन्य विकल्प नरहकाले त्यहाँका जनता हेलिकप्टरको आशमा आकाश हेर्दैछन् भनेर सांसद बिकले संसदलाई जानकारी दिएकी हुन् ।

विज्ञापन

साईपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा एक हजार क्वीन्टल चामल केही दिन अगाडी ढुवानी गरिएपनि ३, ४ र ५ नम्बर वडामा ढुवानी गर्न समस्या देखिएको छ । यी वडामा जाने बाटोको मध्य भागमा रहेको नाघ्ना डाँडामा अझैं पनि ६ फिट हिउँ जमेकाले स्थानीय ढुवानीका माध्यम खच्चर, भेडाबाख्रा हिँड्न नसकिने अवस्था रहेको माननीय विकले बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार