होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • क्रिएटर जोनका विद्यार्थीको उत्कृष्ट काता प्रर्दशन (तस्वीरसहित)
समाचार

क्रिएटर जोनका विद्यार्थीको उत्कृष्ट काता प्रर्दशन (तस्वीरसहित)

  • नागरिक रैबार
क्रिएटर जोनका विद्यार्थीको उत्कृष्ट काता प्रर्दशन (तस्वीरसहित)

नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बडीमालिका नगरपालिका ९ स्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट काता खेल प्रर्दशन गरेका छन् ।

शुक्रबार विद्यालयमा आयोजित सितोरियो कराते ग्रेडिङ तथा राष्ट्रिय सेवा दल (एनसिसी) को ४६ औं व्याजको मेडल तथा प्रमाण पत्र वितरण कार्यक्रममा उक्त खेल प्रर्दशन गरेका हुन् ।

विज्ञापन

सितोरियो खेलप्रति विद्यार्थीहरुको आकर्षण बढाउन विद्यालयले विद्यार्थीहरुलाई नियमित खेलकुदका क्रियाकलापहरु संचालन गरिरहेको छ । कार्यक्रममा विद्यार्थीको पठन–पाठनसँगै विद्यार्थीको चौतर्फि क्षमताको विकास गर्नका लागि विद्यालयले स्थापनाकाल देखि नै बाजुरा जिल्लामै पहिलो पटक सितोरियो कराँते खेल सिकाउँदै आएको छ ।

सितोरिया खेल प्रशिक्षकको खोजिमा बाजुरा जिल्ला भन्दा बाहिर गएर खेल प्रशिक्षक खोज्नु पर्दथ्यो भने अब बाजुरामा क्रियटर जोन एकेडेमीले एकै पटक १० जना प्रशिक्षक जनशक्ति तयार पारेको छ । यसले खेल क्षेत्रको विकाससँगै राष्ट्र प्रेमी भावको पनि विकास गर्नमा ठुलो सहयोग पुग्ने आशा लिईएको छ ।

कार्यक्रमा सितोरियोका खेलाडीहरुलाई ब्ल्याक बेल्ट सहित प्रमाण पत्र पनि वितरण गरिएको छ । सोही कार्यक्रममा राष्ट्रिय सेवा दल (एनसिसी) मा ४६ औं व्याज अन्तरगत कोहलपुरमा सम्पन्न भएको तालिममा सहभागी ३६ जना विद्यार्थीलाई प्रमाण पत्र र मेडल पनि वितरण गरिएको विद्यालयका प्रिन्सिपल मीनबहादुर कार्कीले बताएका छन् ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकायाले विद्यालयले सितोरियो खेल क्षेत्रका खेलाडीहरु उत्पादन गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

Image may contain: 10 people, people sitting

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार