होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ असार। प्रतिनिधि सभा सदस्य एंव् माननीय सांसद लालबहादुर थापाले पुर्वाधार विकास योजनाहरुको अनुगमन गर्नु भएको छ । शनिबार विहान बडीमालिका नगरपालिकामा वडा नं.८ खर्रामा पुर्वाधार विकास निर्माण योजना अन्तरगत निर्माण सम्पन्न भएको खर्रा सिंचाई कुलोको अनुगमन गर्नु भएको हो । पुर्वाधार विकास निर्माण योजना अन्तरगत १५ लाख र स्थानीयको ३ लाख रकम […]
बाजुरा, २१ असार । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले जानकारी दिए । सो स्थानमा […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाका विभिन्न विद्यालयमा खेल प्रशिक्षकहरुको रुपमा रहेका शिक्षकहरुका लागि सदरमुकाम मार्तडीमा २ दिने खेलकुद प्रशिक्षण तालिम सूरु भएको छ । गुणस्तरिय शिक्षाका लागि शाररीक स्वास्थ्य, बिद्यालयतह देखी नै योगाअभ्यास र खेलकुदमा सहभागीता भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रम सूरु गरिएको हो । सुदुरपश्चिम प्रदेश सरकार अन्तरगत सामाजिक बिकास मन्त्रालयको आयोजना […]
बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि सम्झाना श्री, उमेरले १६ बर्षमा लागेकी छिन्। तर १६ बर्षको कलिलो उमेरमै उनले पाएको दुखकष्टको सुची भने धेरै लामो बन्छ। राम्रोसंग सम्झना पनि छैन् उनलाई, जव बुवा र आमाको डिभोर्स भयो। काखमा खेल्ने उमेरमा बुवाले दोश्रो विवाह गरेर छोडेर गएपछि सम्झना आमासंगै मामा घर फर्किन। घर नजिकै रहेको […]
प्रमित विक/ बाजुरा २१ असार । सदरमुकाम मार्तडीबाट अन्य गाउँपालिका तथा नगरपालिकाका विभिन्न गाँउ–गाउँमा चल्ने यातायातका साधानहरु लगातारको वर्षाका कारण बन्द भएका छन् । जिल्लामा शुक्रबार बाट निरन्तर वर्षा भएपछि जिल्लाका अधिकाँस ग्रामिण सडकहरु हिलाम्मे बनेका छन् । शुख्खा समयमा निरन्तर संचालन भईरहेका सडकहरु यति वेला निरन्तर वर्षा हुन थालेपछि सडक हिलाम्मे र सडक माथिबाट […]
नागरिक रैबार/ बाजुरा २१ असार । जिल्ला प्रहरी कार्यालय बाजुराले शनिबार विहान बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरको सरसफाई गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका वडा नं. ८ मा रहेको बडीमालिका मन्दिरलाई सफा सुग्गर, स्वच्छ र पवित्र धार्मिक स्थल बनाउन प्रहरीको टोलीले सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक ढुंगानाले […]
नागरिक रैबार/ बाजुरा २० असार । ११ औं राष्ट्रपति रनिङ शिल्डलाई यस वर्ष पनि मालिका माविले आफ्नो कव्जामा लिन सफल भएको छ । एघारौं राष्ट्रप ति रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका माविले उत्कृष्ठ खेल प्रस्तुत गरेर यस वर्षको शिल्ड आफ्नो कव्जामा लिदै ९ औं पटक लगातार शिल्ड उचालेको हो । बाजुरा जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता […]
नागरिक रैबार/बाजुरा 20 असार ।बडीमालिका नगरपालिका वडा नं. ७ का अतिविपन्न परिवारहरुलाई धुँवा रहित सुधारिएको चुल्हो र वायो ग्यास वितरण गरिएको छ । नेपाल सरकार उर्जा मन्त्रालय र वैकल्पिक उर्जा प्रर्वद्धन कार्यक्रमको आर्थिक सहयोग र बडीमालिका नगरपालिका वडा नं. ७ को पहलमा वडा भित्रका १ सय ५ परिवारलाई धुवाँ रहित सुधारिएको चुल्हो र १६ जना […]
नागरिक रैबार/बाजुरा १८ असार । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामला तथा कानुन मिन्त्री प्रकाश बहादुर शाहले प्रदेश सरकारले हालसालै ल्याएको बजेट जनताको आवश्यकता र सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर आएको बताएका छन् । प्रदेश सरकाले ल्याएको बजेट बिरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निरन्तर रुपमा प्रदेश संसद अवरुद्ध पारिरहेको अवस्थामा मन्त्री शाहले प्रदेश सरकार बार्ता र […]
नागरिक रैबार/ बाजुरा १८ असार । बाजुरा जिल्लाको प्रथम् जिल्ला सभा सदरमुकामम मार्तडीमा बुधबार सुरु भएको छ । संघियता कार्यान्वयन भएपछि पहिलो पटक जिल्ला समन्वय समिति बाजुराले जिल्ला सभा आयोजना गरेको हो । जिल्लामा रहेका स्थानीय तहले अघिल्लो आर्थिक बर्षमा गरेका बिकास कामकारवाहीको समिक्षा तथा आगामी रणनीति र स्थानीयतह बिचको समन्वयलाई प्रभावकारी बनाउन जिल्ला सभाको […]
राजेन्द्र बिक/बाजुरा १८ असार। शिक्षाका लागि खाद्य कार्यक्रम ईकाइ बाजुराद्वारा संचालित खाजा कार्यक्रमले विद्यार्थीहरुको बिद्यालय प्रती आकर्षण बढाउन विद्यालयमै दाल र भातको व्यवस्था गरेको छ । विद्यालयमै दाल र भातको व्यवस्था गरिएपछि विद्यालयमा विद्यार्थीहरुको आकर्षण बढ्दै गएको खप्तड छेडेदह गाउँपालिकाकाे फुलबारी आधारभूत बिद्यालय काँडाका प्रधानाध्यापक शेर बहादुर बुढाले बताएका छन् । वि.स.२०५७ सालदेखि विद्यालयमा विद्यार्थीहरुका […]
रामबहादुर वि.क./बाजुरा १८ असार । बाजुरा सदरमुकाम मार्तडीमा आजबाट ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सूरु भएको छ । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले उद्घाटन गर्नु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जिल्ला खेलकुद विकास समितिको आयोजना तथा […]
काठमाडौं, असार १८ । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]
अनिल शाही/बाजुरा १७ असार । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला प्राथमिक विद्यालयमा परिक्षण स्वरुप लगाइएका उच्च घनत्वको स्याउ यसै बर्ष फलेको छ । विद्यालयको क्षेत्रमा गत चैत्र महिनामा लगाईएका १ हजार बोट स्याउ फल्न थालेको बताइएको छ । गाउँपालिकाले एक बर्षमै फल्ने स्याउको परिक्षण स्वरुप यो बर्ष मनाङ्गबाट ल्याइएका सो स्याउ फल्न थालेका हुन । […]
नागरिक रैबार/बाजुरा १७ असार । बाजुरा सदरमुकाम मार्तडीमा आयोजना हुन लागेको ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीताको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले गर्ने भएका छन् । असार १८ देखि २० गते सम्म संचालन हुने रनिङ्ग शिल्डकोे उद्घाटनका लागि मन्त्री शाह, प्रदेश सभा (क) सदस्य बलदेव रेग्मी लगायत आज साँझ […]
अनिल शाही/बाजुरा १७ असार। जिल्लाको जगन्नाथ गाउँपालिकामा सोमबारबाट नमस्ते टेलिफोनको टावर सुचारु भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । २१औँ शताब्दीमा समेत सञ्चारको दुनियाँबाट विमुख भएका जगन्नाथ गाउँपालिकाका जनता टावर सुचारु भएसँगै सहज रूपमा सञ्चारमा जोडिएका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र नेपाल दूर सञ्चार प्राविधिकरणको सहयोगमा विगत तीन वर्षदेखि निर्माणाधीन रहेको […]
नागरिक रैबार/बाजुरा १५ असार । बाजुरामा धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘खेतमा जाउँ धान रोपौं, अर्गानिक उत्पादन बढाऔं’ भन्ने मुल नारासहित बाजुरामा पनि धान दिवस भव्य रुपमा मनाईएको हो । कृषि ज्ञान केन्द्र, त्रिवेणी सहकारी संस्थाको सयुक्त आयोजनामा उक्त दिवस बाजुरामा पनि भव्यताका साथ मनाईएको हो । यसैको अवसरमा जिल्लास्थित […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनमा प्रहरी माथि हातपात भएको छ । आईतबार सोही वडाका गाउँलेका पीडा बुझ्न ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरीको टोली खटिएको थियो । गाउँलेका गुनासाहरु सुन्न र मदिरा चेकजाँचका लागि कोल्टीबाट खटिएको प्रहरीको टोली माथि त्यहाँका स्थानीयले उल्टै हातपात गरेका छन् । घटनाबारे थप जानकारी […]
मदन वि.क./बाजुरा १४ असार। बाजुराका कृषकलाई यतिबेला रोपाईको चटारो चलेको छ । तर, असार मसान्तको मध्ये भागमा आईसक्दा पनि खेतियोग्य जमिनमा प्रयाप्त मात्रामा सिँचाई सुविधा नभएपछि कृषकहरुलाई खेतबारीमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकहरुले अघिल्ला वर्षहरुमा असार १५ गते भित्र जिल्लाका अधिकाँस खेतियोग्य जमिनमा धान रोपेर सक्ने गरेका थिए । तर यस […]
नागरिक रैबार/बाजुरा १४ असार । सदरमुकाम मार्तडी बजार पूर्णरुपमा बन्द गरेर सबै व्यवसायीहरुले खानेपानी मर्मत गरेका छन् । शनिबार व्यवसायीहरुले एकदिनका लागि बजार पुरै बन्द गरेर सदरमुकाम मार्तडीको खानेपानीको मर्मत गरेका छन् । सदरमुकाम मार्तडीमा खानेपानीको हाहाकार दिनप्रतिदिन बढदै गएपछि व्यवसायीहरुले शनिबार एकदिनका लागि बजार बन्द गरेर खानेपानी मर्मत गरेको मार्तडी बजार व्यवस्थापन समितिका अध्यक्ष […]