होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पहिरो रोकथामका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण
समाचार

पहिरो रोकथामका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण

  • नागरिक रैबार
पहिरो रोकथामका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण

नागरिक रैबार/बाजुरा १ साउन। पहिरो रोकथाम गर्नका लागि २ हेक्टर बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ को सिमानेपानीमा रहेको २ हेक्टर बन क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

उक्त क्षेत्रमा निरन्तर पहिरो बग्दै गएपछि पहिरो रोकथाम र हरियाली बातावरण बनाउन २ हजार ६ विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको सिमानेपानी वृक्षारोपण संरक्षण समूहका अध्यक्ष ओमप्रकाश विकले बताएका छन् ।

प्रदेश सरकार अन्तरग डिभिजन वन कार्यालय बाजुराको ३ लाख अनुदानमा उक्त क्षेत्रको वनमा ईपिलिपि १६ सय, बाँज एकसय, लालिगुराउँस २ सय, कोइराल, ३ सय, दुधिलो ३ सय र तिमिलो १ सय गरी जम्मा २ हजार ६ सय जातका विभिन्न विरुवा वृक्षारोपण गरिएका छन् ।

विज्ञापन

सिमानेपानी क्षेत्रमा तलबाट खारगाणा खोलाले दैनिक कटान गर्र्ने र माथिबाट निरन्तर वर्षातको समयमा निरन्तर पहिरो खस्न थालेपछि रोकथाम गर्न उक्त क्षेत्रमा ३४ मिटर वाल समेत निर्माण गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार