होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • शिशिर परियारको ‘सम्झिनु भन्दिन’ आधुनिक गीत बजारमा
समाचार

शिशिर परियारको ‘सम्झिनु भन्दिन’ आधुनिक गीत बजारमा

  • नागरिक रैबार
शिशिर परियारको ‘सम्झिनु भन्दिन’ आधुनिक गीत बजारमा

राजेन्द्र रोकाया/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिका ९ मा जन्मेका नव गायक शिशिर परियारले पहिलो आधुनिक गीत बजारमा ल्याएका छन् ।
नव गायक परियारको स्वरमा सम्झीनु भन्दिन बोलको आधुनिक गीत आईतबार बुढासुव्वा डिजिटल प्रालिको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


वि.स.२०७३ सालमा सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माविबाट एसईईको परिक्षा दिएर उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौं गएका परियारले कृषि जेटिए प्राविधिक तर्फ पढाई गरेका थिए । कृषि जेटिएमा उत्तिण भएपछि उनले अहिले गायन पेशालाइ अगाल्नका लागि प्रयत्नरत छन् ।

विज्ञापन

उनको स्वरमा बजारमा आएको उक्त गीतले पनि राम्रै चर्चा पाएको छ । मालश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई दिपक सँगम विसिले शव्द संगित एरेन्ज गरेका छन् । गीतलाई खड्क बाजुरालीले मिक्सिङ्ग गरेका हुन् ।

गीतमा विशुद्ध माया पिरतीका कुराकानी जोडिएका छन् । सम्झिनु भन्दिन, बिर्सनु भन्दिन साच्नु बाचुञ्जेल हाम्रो प्यार,, जस्ता शब्दहरु समेटिएका छन् । म्युजिक भिडियोको दृष्यमा देवराज आचार्य र मनिषा श्रेष्ठको अभिनय रहेको छ । गीतलाई देव मिडिया प्रालिले उत्पादन गरेको छ ।

भिडियो हेर्न तलको लिङ्कमा जानुहोस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार