होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाल प्रहरीको नतिजा सार्वजनिक, बाजुराबाट मात्रै ९० जना प्रहरीमा छनोट (नामसहित)
समाचार

नेपाल प्रहरीको नतिजा सार्वजनिक, बाजुराबाट मात्रै ९० जना प्रहरीमा छनोट (नामसहित)

  • नागरिक रैबार
नेपाल प्रहरीको नतिजा सार्वजनिक, बाजुराबाट मात्रै ९० जना प्रहरीमा छनोट (नामसहित)

नागरिक रैबार/बाजुरा २५ असार । नेपाल प्रहरीको अन्तिम नतिजा सार्वजनिक भएको छ । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी जवान (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई सम्पूर्ण परीक्षामा उत्तीर्ण भएका विभिन्न तालिम केन्द्रका उम्मेदवारहरुको अन्तिम नतिजा सोमबार प्रकाशित गरिएको छ ।
नतिजा अनुसार कुल ५ हजार ६ सय ९८ जना उत्तीर्ण भएका छन् । तीमध्ये खुल्लातर्फ ३ हजार ७ सय ५४, महिलातर्फ ५ सय ५ जना, आदिवासी जनजातितर्फ ५ सय ४० जना, मधेसीतर्फ ४ सय ९८ जना, दलिततर्फ २ सय ७५ जना, पिछडिएको क्षेत्रतर्फ १ सय २१ जना र अमररअशक्त प्रहरी परिवारतर्फ ५ जना रहेका छन् ।
कुल उत्तीर्णमध्ये जम्मा ८ सय महिला र ४ हजार ८ सय ९८ पुरुष रहेका छन् । प्रतियोगितामा जम्मा ४१ हजार ८ सय ७१ जनाले दरखास्त दिएका थिए । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७६ साउन १ गते बुधबार सम्बन्धित परीक्षा केन्द्रमा सम्पर्क राख्न सूचित गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।
बाजुराबाट ५ सय ६७ जना मध्ये ९० जना प्रहरीमा छनोट
सुदूरपश्चिम प्रदेश अन्तरगतको क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा बाजुराबाट मात्रै ५सय ६७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आवेदन दिएका मध्ये ९० जनाले लिखित परिक्षामा नाम निकाल्न सफल भएका थिए भने लिखित परिक्षामा समावेश भएका ९० जना सबै अन्तरवार्तामा पनि पास भएका छन् ।
बाजुरा जिल्लाबाट मात्रै एकै पटक यसरी ९० जनाले सरकारी जागिरमा नाम निकाल्न सफल भएपछि बाजुराबासी खुसी भएका छन् ।
तल हर्नुहोस बाजुराबाट प्रहरीमा सफल हुने उम्मेदवारहरु

No photo description available.

Image may contain: indoor

विज्ञापन

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार