होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिका साक्षर घोषणा
समाचार

बडीमालिका नगरपालिका साक्षर घोषणा

  • नागरिक रैबार
बडीमालिका नगरपालिका साक्षर घोषणा

मदन विक/बाजुरा ३० असार । बाजुराको बडीमालिका नगरपालिकालाई नगर साक्षर घोषणा गरिएको छ ।
नगरपालिकाले कुल जनसङ्ख्याको ९५ प्रतिशत नागरिक साक्षर बनाएपछि सोमबार एक कार्यक्रमका वीच संविधान सभा सदस्य महा नेपालीले नगरपालिकालाई नगर साक्षर घोषणा गरेका हुन् ।


नगरपालिकामा रहेका ९ वटै वडा भित्रको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्या ९ हजार ६ सय ९५ रहेको छ ।
नेपाल सरकार वर्ष २०७६ अवधारणा पत्रले तोकेका मापदण्डहरुका आधारमा नगरपालिकाले ९ वटै वडाहरुमा १८ जना सर्वेक्षक खटाई साक्षर तथा निरक्षरहरुको नामनामेसी तथ्याकं संकलन तथा विश्लेषण गरि सवै वडाहरुले मिति २०७६ असार २६ र २७ गते नै साक्षर वडा घोषणा गरी नगर साक्षर घोषणाको मार्गदर्शन दिईसकेकाले नगरलाई साक्षर घोषणा गरिएको नगर प्रमुख पदम बडुवालले बताएका छन् ।

विज्ञापन

नगरपालिकालाई जिल्लाकै पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको हो । नगरभित्रका ९ औटै वडाहरुको जनसंख्या र साक्षरता तथा नगरपालिकाको १५ देखि १५ देखि ६० उमेर समुहका जनसंख्याको ९५ प्रतिशत भन्दा बढी देखिएकोले नगरपालिका साक्षर घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिका भित्रका ९ वटै वडाको ३ हजार १ सय २९ घरधुरी रहेको छ भने नगरको कुल जनसंख्या १७ हजार २ सय २७ रहेको छ ।
बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमध्ये ४ नगरपालिका र ५ गाउँपालिका रहेका छन् । यस अघि यहाँका दुई गाउँपालिका गौमुल र खप्तड क्षेडेदह गाउँपालिका यस अघिनै साक्षर घोषणा भईसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार